• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    टि२० आईमा शतक प्रहार गर्ने कप्तान पारस र ज्ञानेन्द्र मात्रै!

  • वीरगंज संजाल
  • Dec 30, 2019, 1:44 pm
  • ५२३७

    एजेन्सी | सन् २०१९ टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट (आई) मा कप्तानको रुपमा शतक प्रहार गर्ने मात्रै दुई कप्तान रहेका छन् । दुवै कप्तान नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । त्यस्तै ज्ञानेन्द्र यस वर्ष टि ट्वान्टी आईमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

    उनले पूर्वकप्तान पारस खड्का, भारतीय कप्तान विराट कोहली र नेदरल्यान्डका कप्तान पिटर सीलारलाई पछि पारेका हुन् । सन् २०१९ मा टि ट्वान्टी आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाई छन् । उनले फेब्रअरीमा आयरल्यान्डविरुद्ध १ सय ६२ रनको अविजित इनिङ खेलेका थिए ।

    ज्ञानेन्द्रले अघिल्लो महिना १२ औं दक्षिण एसियाली खेलकुद (साग) टि ट्वान्टी मा कीर्तिपुर क्रिकेट मैदानमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन जोडेका थिए । जुन कप्तानका रुपमा २०१९ मा एकै खेलमा जोडेको सर्वाधिक रन हो । त्यसपछि पारस खड्काले गत सेप्टेम्बरमा त्रिकोणात्मक सिरिज अन्तर्गत सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए ।

    सन् २०१९ मा टि ट्वान्टी आईमा कुल १९ शतक प्रहार भएका छन् । जसमा दुई कप्तानको मात्रै शतक रहेको छ । र दुबै नेपालका कप्तान रहेका छन् । पारस र ज्ञानेन्द्रले मात्रै २०१९ मा कप्तानको रुपमा शतक प्रहार गरेका हुन् ।

    कप्तानको रुपमा पारस र ज्ञानेन्द्रलाई छाड्दा गत सेप्टेम्बरमा नेदरल्यान्डका कप्तान पिटर सीलारले स्कटल्यान्डविरुद्ध ९६ रनमा अविजित रहेका थिए । त्यस्तै एक हप्ता अघि भारतीय कप्तान विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध ९४ रन जोडेका थिए ।

    २०१९ मा टि ट्वान्टी आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी:

    हज्रतुल्ला जजाई (अफगानिस्तान) – आयरल्यान्डविरुद्ध १ सय ६२ रनमा अविजित

    जर्ज मुन्से (स्कटल्यान्ड ) – नेदरल्यान्डविरुद्ध १ सय २७ रनमा अविजित

    केभिन ओ ब्रायन (आयरल्यान्ड) – हङकङविरुद्ध १ सय २४ रन

    ग्लेन म्याक्सवेल (अष्ट्रेलिया) – भारतविरुद्ध १ सय १३ रनमा अविजित

    बिलाल जाल्मी (अष्ट्रिया) – चेक रिपब्लिकविरुद्ध १ सय ११ रनमा अविजित

    टोनी उरा (पप्पुवा न्युगिनी) – फिलिपिन्सविरुद्ध १ सय ७ रनमा अविजित

    ज्ञानेन्द्र मल्ल (नेपाल) – भुटानविरुद्ध १ सय ७ रन

    पारस खड्का (नेपाल) – सिंगापुरविरुद्ध १ सय ६ रनमा अविजित

    humro khelkudh

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑