पर्सा। राजन कुमार बानिया। भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे धोबिनी गाउँपालिकामा माछा,मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ।
धोबिनी गाँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।त्यस्तै भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे कालिकामाई गाउँपालिकामा पनि
माछा,मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ।
कालिकामाई गाँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन । साथै कालिकामाई गाँउपालिकामा राम मन्दिरकाे उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन ।