• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार १६:०३
  • १०८५

    वीरगंज| काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।आज सार्वजनिक गरिएकामा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक कमलामाई नगरपालिका–९ घर भई हाल मूलपानी बस्दै आएका २८ वर्षीय गौरब तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ बस्ने २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुली कमलामाई नगरपालिका–७ घर भई कोटेश्वर बस्ने ४० वर्षीय लेखविक्रम थापा रहेका छन् ।

    यसैगरी, रामेछाप मजुवा गाउँपालिका–३ गाघर भई मूलपानी बस्ने २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेवी नगरपालिका–२ घर भई हाल काठमाडौँ मुलपानी बस्ने २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई हाल काठमाडौँ मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की रहेका छन् । पक्राउ परेका विनोद कार्कीको थलीस्थित कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी गर्ने गरेको तथा उनीहरुले आन्तरिक राजश्व कार्यालय अन्तःशुल्कका ‘स्टिकर’हरु समेत नक्कली बनाएर प्रयोग गर्ने गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठोरले बताए ।

    उनले भन्ने, “नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि हामीले खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरु, अन्तःशुल्कका नक्कली स्टिकर, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद गरेका छौँ ।” पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जानकारी पनि उनले दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑