

वीरगन्ज । साहले उत्कृष्ट शारीरिक बनावट, अनुशासन र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गर्दै Men’s Classical Open विधामा तेस्रो स्थान हासिल गरी कास्य पदक जित्न सफल भएका हुन्। उनको यस उपलब्धिसँगै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशले पहिलो पदक प्राप्त गरेको छ।
हरिनारायण साहको सफलताले मधेश प्रदेशको खेलकुद क्षेत्रमा उत्साह थप्नुका साथै प्रदेशको प्रतिष्ठा र गौरव बढाएको छ। उनको उपलब्धिप्रति खेलप्रेमी तथा खेलकुद क्षेत्रका व्यक्तिहरूले बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।



राष्ट्रिय स्तरको प्रतियोगितामा साहले हासिल गरेको यस सफलताले मधेश प्रदेशका अन्य खेलाडीहरूलाई पनि खेलकुद क्षेत्रमा निरन्तर मेहनत गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
‘खेली मधेश, जिती मधेश’ भन्ने नारालाई सार्थक बनाउँदै साहले मधेश प्रदेशको पदक यात्रामा महत्वपूर्ण योगदान दिएका छन्।


