

पर्सा | पर्साको धोबीनी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट विवरण समेटिएको रेड बुक (बजेट पुस्तिका) अझै सार्वजनिक नगरेको विषयले स्थानीय तहमा बजेट पारदर्शिता र सुशासनमाथि प्रश्न उठ्न थालेका छन्। गाउँपालिकाको बजेट, योजना तथा कार्यक्रमबारे स्पष्ट जानकारी सार्वजनिक नहुँदा स्थानीय नागरिकले विकास निर्माणका योजना, बजेट विनियोजन र खर्चको अवस्थाबारे सहज रूपमा जानकारी पाउन नसकेको गुनासो बढ्दै गएको छ।
स्थानीय सरकार जनताको प्रत्यक्ष सहभागिता, जवाफदेहिता र पारदर्शिताका आधारमा सञ्चालन हुनुपर्ने भए पनि बजेट विवरण सार्वजनिक गर्न ढिलाइ हुँदा गाउँपालिकाको आर्थिक गतिविधिप्रति नागरिकको चासो बढेको हो। गाउँपालिकाका प्रमुख प्रदीप पटेल तथा प्रमुख प्रशासकीय अधिकृत सञ्जिव यादवको नेतृत्वमा रहेको प्रशासनले बजेट पुस्तिका सार्वजनिक गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको अपेक्षा छ। रेड बुक सार्वजनिक नहुँदा गाउँपालिकाले कुन वडामा कति बजेट विनियोजन गरेको छ, कुन योजना प्राथमिकतामा राखिएको छ र विकासका कार्यक्रम कसरी अघि बढिरहेका छन् भन्ने विषयमा नागरिकले आधिकारिक जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ।



स्थानीय तहको बजेट केवल कार्यालयको आन्तरिक दस्तावेज मात्र नभई जनताको कर तथा सार्वजनिक स्रोतबाट सञ्चालन हुने विकास योजनाको महत्वपूर्ण आधार हो। त्यसैले बजेट विवरण सार्वजनिक गर्नु नागरिकप्रतिको जवाफदेहिता र सुशासनको महत्वपूर्ण पक्ष मानिन्छ।
बजेट सार्वजनिक गर्न ढिलाइ किन धोबीनी गाउँपालिकाले रेड बुक सार्वजनिक गर्न किन ढिलाइ गरेको हो भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक देखिएको छ। बजेट पुस्तिका तयार गर्ने प्रक्रिया पूरा भएको छ वा छैन, सार्वजनिक गर्न कुनै प्रशासनिक समस्या छ कि छैन र नागरिकले कहिलेसम्म बजेट विवरण प्राप्त गर्न सक्छन् भन्ने विषयमा गाउँपालिकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ।
विशेषगरी गाउँपालिकाका प्रमुख प्रदीप पटेल र प्रमुख प्रशासकीय अधिकृत सञ्जिव यादवले बजेट पारदर्शितासम्बन्धी नागरिकको चासोलाई सम्बोधन गर्दै रेड बुक सार्वजनिक गर्ने समयसीमा स्पष्ट पार्नु आवश्यक छ। पारदर्शिता कायम गर्न रेड बुक सार्वजनिक आवश्यक
रेड बुक सार्वजनिक भएपछि नागरिक, सञ्चारकर्मी तथा सरोकारवाला निकायले गाउँपालिकाको बजेट विनियोजन, योजना छनोट र विकास कार्यक्रमको अवस्था बुझ्न सहज हुनेछ। यसले सार्वजनिक खर्चको निगरानी, विकास योजनाको प्रभावकारी कार्यान्वयन र जनप्रतिनिधिप्रतिको विश्वास कायम गर्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय नागरिकको अपेक्षा छ कि धोबीनी गाउँपालिकाले बजेट पुस्तिका यथाशीघ्र सार्वजनिक गरी बजेट विनियोजन र खर्चसम्बन्धी विवरण सबैको पहुँचमा पुर्याओस। जनताको प्रतिनिधित्व गर्ने स्थानीय सरकार जनताप्रति जवाफदेही हुनुपर्छ। बजेट सार्वजनिक गर्ने विषयमा अनावश्यक ढिलाइ हुनु हुँदैन। गाउँपालिकाले रेड बुक सार्वजनिक गरी बजेट पारदर्शिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धता व्यवहारमै देखाउनु आवश्यक छ।


