• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा क्लब–११ द्वारा भारत, यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित

  • वीरगंज संजाल
  • ५ पुष २०८०, बिहीबार १४:२२
  • २०६९

    वीरगंज, ५ पुस । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछाने नेतृत्वको टोली पर्सा क्लब–११ ले भारत उत्तर प्रदेशको टोली यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने १६.३ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
    पर्साका लागि दुई ब्याट्सम्यानले मात्र दाहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल शाहले १८ रन बनाए । उनले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान सन्दीप लामिछानेले १२ रन बटुले । उनले २० बलमा एक छक्का पनि प्रहार गरे । त्यसअघि सन्दीपले तीन विकेट पनि लिएका थिए । पर्साका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर इमरान शेख शून्य रनमै आउट भए भने हासिम अन्सारी पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सुरज पटेल चार रनमा आउट भए भने पवन सर्राफले खातासम्म खोल्न सकेनन् ।

    नसरुद्दिन अन्सारीले आठ रन जोडे भने अल्फाज मन्सुरी एक रनमै आउट भए । रुपेश सिंह शून्य रनमै पेभेलियन फर्किए । सैफुल्लाह अन्सारीले अविजित चार र रंजित कुमारले अविजित पाँच रन बनाए । पर्साले अतिरिक्त रुपमा १२ रन पायो ।
    यूपी–११ का बलर भीम शर्मा, तरुण कुमार र वासी अन्सारीले दुई–दुई विकेट लिए । सुभम चौधरीले पनि एक विकेट हात पारे । उक्त खेलमा पर्सा क्लब–११ का कप्तान सन्दीप लामिछाने म्यान अफ दी म्याच घोषित भए ।
    त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । यूपी—११ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । ओपनर शिवम शर्मा खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर अल्तमास आलम पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान तरुण कुमारले टोलीका लागि १२ रनको योगदान गरेका थिए । निखिल प्रताप भने शून्य रनमै आउट भएका थिए ।
    विकेटकिपर ब्याट्सम्यान मन्थन प्रसाले सात रन बनाएका थिए । कप्तान साहिम हसन पनि तीन रनमै पेभेलियन फर्किएका थिए । तल्लोक्रमका ब्याट्सम्यान जयदेब सिंहले १२ रन जोडेका थिए । आठौँ नम्बरका ब्याट्सम्यान समिर अन्सारीले भने टोलीका लागि २४ रनको योगदान गरेका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काएका थिए ।

    शुभम् चौधरी र अमनकुमार शून्य रनमै आउट भए । पार्साका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै केवल २९ रन खर्चिए । पवन सर्राफ, रुपेश सिंह र रंजित कुमारले पनि दुई–दुई विकेट हात पारे । सइफुल्लाह अन्सारीले पनि एक विकेट लिए । प्रतियोगितामा नेपालको तीनवटै विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसका अतिरिक्त प्रतियोगितामा भारतका दुई टोली यूपी—११ र वन्डर्स क्लबले पनि भाग लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑