

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–५, सखुवनियाका ४५ वर्षीय सन्जय खवास रहेका छन्।
प्रहरीका अनुसार जिराभवानी गाउँपालिका–५ स्थित सडकमा खवास आफैंले चलाएको बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।



दुर्घटनामा गम्भीर घाइते भएका खवासलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।


