

वीरगञ्ज | वीरगञ्जको व्यस्त लिंकरोड क्षेत्रमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक रंगेहात पक्राउ परेका छन्।
लिंकरोडस्थित मसाल बैंक जिम (Masal Bank Gym) का युवा तथा स्थानीय व्यक्तिहरूको सुझबुझ र सक्रियताका कारण उनलाई नियन्त्रणमा लिन सफल भएको हो।



पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. ११ निवासी ओमप्रकाश कुँवरका छोरा रुद्रराज कुँवर रहेका छन्। जिमका व्यक्तिहरूले उनको शङ्कास्पद गतिविधि देखेर तत्कालै सतर्कता अपनाएका थिए। उनीहरूले चोरीमा संलग्न युवकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाएका छन्।


