

वीरगंज | जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। उनीहरू गएराति कारागारभित्र सुरुङ बनाएर भागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारागारमा रहेका १७ जनामध्ये पुर्पक्षका लागि थुनामा रहेका दुईसहित आठ जना फरार भएका हुन्। घटनापछि प्रहरीले फरार कैदीहरूको खोजी तीव्र पारेको छ।



कारागारबाट कैदीहरू सुरुङ खनेर भागेको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।


