

पर्सा | पर्साको जगरनाथपुर गाउँपालिका–६ मा एक अति विपन्न परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न खाद्यान्न सामग्री सहयोग गरिएको छ।
सम्बन्धित परिवारलाई परेको कठिन परिस्थितिमा सहयोग पुर्याउने उद्देश्यले बिजेश्वरप्रसाद चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट दुई बोरा चामल र तीन बोरा चिउरासहित कुल पाँच बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्।



आर्थिक अवस्था कमजोर भएका परिवारलाई दुःखको घडीमा सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण भएको छ। चौधरीको यस सहयोगले परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न केही सहज हुने अपेक्षा गरिएको छ।
यस अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवानले उहाँलाई स्वर्गमा स्थान प्रदान गरून् भन्ने प्रार्थनासमेत गरिएको छ।
दुःख र पीडाको समयमा विपन्न परिवारलाई गरिने यस्ता सहयोगले समाजमा आपसी सद्भाव, सहयोग र मानवीयताको भावना बलियो बनाउनुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न अरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।


