

वीरगंज | छोरिको पहिलो जन्मदिवसको अवसर पारेर बिरगंजका समाजसेवी मुन्ना सराफको परिवार द्वारा आज नारायणी अस्पतालमा संचालित साप्ताहिक निशुल्क भोजन कार्यक्रम आयोजना गर्दै आएको बिरगंज समाज सेवा लाई सहयोग गर्नु का साथै प्रत्यक्ष सेवा पनि गरेको छ ।
मुन्ना सराफका छोरा राज सराफको छोरी वामिका सराफको पहिलो जन्मदिवसको अवसरमा साप्ताहिक निशुल्क भोजन कार्यक्रमको सम्पुर्ण खर्च सहयोग गरि प्रत्यक्ष सेवा गरेको समाज सेवाका अध्यक्ष गुप्ताले बताउदै छोरिको जन्मदिनको बधाई शुभकामना आशिर्वाद दिदै मानवताप्रेमी सराफ परिवार प्रती आभार ब्यक्त गरेका थिए । अध्यक्ष गुप्ताले वीरगन्ज को नारायणी अस्पताल प्राङ्गणमा बिगत ३ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि निशुल्क भोजन शिविर आयोजना गरि बिरामी ,कुरुवाहरु को साथै दिनदुखी असहाय एवं बटुवा यात्रीहरुको सेवा गर्दै आएको बताउदै यो सामुहिक सेवाको कार्य भएकोले सम्पुर्णलाई हातेमालो गर्न आग्रह गर्दै सहयोगी दाताहरु, सेवकहरु प्रती हार्दिक आभार जताएका थिए ।



समाजले सो निशुल्क भोजन सेवा निरन्तर ३ वर्षको ६ ठो महिना असोजको ३ स्रो सप्ताहमा पनि सभ्य एवं भव्य रुपले सम्पन्न गरेको हो ।
नियमित रुपले सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरु को साथै रिक्सा,ईरिक्सा चालकहरु , यात्री ,बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाउदै आएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका सचिव प्रकाश वाहेतीले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाई आत्मसात गरि कोहि पनि भोकोनरोस भनी ३ वर्ष अगाडि माइस्थान मन्दिर प्राङ्गणमा केही साथिहरु मिलेर सेवा अभियान शुरु गरेको स्मरण गर्दै |


