• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १७ अलौँको सिवान टोलस्थित महावीर झन्डा मेलामा प्रहरीले ज्यादती

  • वीरगंज संजाल
  • १८ मंसिर २०८०, सोमबार १०:१२
  • १८०१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १७ अलौँको सिवान टोलस्थित शनिवार लागेको महावीर झन्डा मेलामा प्रहरीले ज्यादती गरेको स्थानीयहरूले आरोप लगाएका छन् । मेलामा शनिवार राति शान्तिपूर्ण तरिकाले नाच नाचिरहे पनि प्रहरीले अवरोध सृजना गर्दै लाठी चार्ज गरेको स्थानीयहरूले गुनासो गरेका हुन् । प्रहरीले ज्यादती गरेको भन्दै आइतबार अलौँका स्थानीयले त्यहाँस्थित हनुमान मन्दिर अगाडिको चोकमा प्रदर्शन समेत गरेका छन् । उनीहरूले टायर बालेर प्रहरी र प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

    मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबिच विवाद भएको स्थानीयले बताएका छन् । विवाद झडपमा परिणत भएपछि एक जना सर्वसाधारणसहित केही सुरक्षाकर्मी समेत घाइते भएका थिए । प्रहरीले राती ११ बजेपछि नाच नचाउन नपाउने भन्दै अवरोध गरेको थियो । यद्यपि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो । राति साढे १२ बजेपछि पनि नाच नरोकिएको कारण प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल मगाएर त्यहाँ रहेका दर्शकहरूमाथि लाठीचार्ज गरेको थियो । लाठीचार्ज पश्चात् त्यहाँको अवस्था केही बेरका लागि तनावग्रस्त समेत भएको थियो । नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ ।

    झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवलदार सुबोध कुमार यादव, प्रहरी जवान द्वय सुभाष चौधरी, रोशन सिंहल घाइते भएको बुझिएको छ । प्रहरीले भिडलाई तितरबितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

    घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार समेत घाइते भएका छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ । घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएका थिए । यद्यपि सुरक्षा निकायले उनीमाथि गोली नचलाएको र भाग्ने क्रममा लडेर चोट लागेको हुन सक्ने बताएको छ । प्रत्येक वर्ष छठ पर्वको १५ दिन पश्चात् नेपालको शिवानटोला र भारतको हरैया गाउँका स्थानीयको संयुक्त सहमतिमा मेला समिति चयन गरेर महाबिरी झन्डा मेलामा आयोजना हुँदै आएको छ । शनिवारको महाबिरी झन्डा मेलामा भारत बिहार मझौलियाका चर्चित नाच ल्याइएको थियो । मेलामा रातिको समय धेरै वर्ष पहिलादेखि नाच नाच्दै आए पनि यस वर्ष प्रहरीले अवरोध गरेपछि विवाद भएको स्थानीयहरूको कथन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑