

काठमाडौँ । कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बस दाउन्नेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
कोहलपुरबाट काठमाडौं हिँडेको बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिएको हो।



घाइते ११ जनालाई उद्धार गरेर कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको छ। बसमा १८ यात्रु थिए।
दुर्घटनामा परी मृत्यु भएकामध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी छ ।


