• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी रंगशालालाई राष्ट्रिय गौरबको योजनामा राखिएन भने आन्दोलन गर्ने सांसद यादवको चेतावनी

  • वीरगंज संजाल
  • २४ कार्तिक २०८०, शुक्रबार १४:२३
  • २४३३

    वीरगंज । वीरगन्जस्थित देशकै दोश्रो ठूलो नारायणी रंगशालााई संघीय सरकारले राष्ट्रिय गौरबको आयोजनामा नपारेकोमा पूर्व वनमन्त्री तथा प्रतिनिधी सभा सदस्य(सांसद) प्रदीप यादवले आपत्ती जनाएका छन् । बिहीबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि शुक्रबार पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले संघीय सरकारले नारायणी रंगशालालाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई पत्र नै लेखेर सांसद यादवले काठमाडौंको दशरथ रंगशालासंगै निर्माण गरिएको नारायणी रंगशालालाईपनि राष्ट्रिय गौरबको योजनामा समावेश गरेर जीर्णोद्वार गर्न संघीय सरकारसंग मागपनि गरेका छन् ।

    प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा सांसद यादवले लेखेका छन् – मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा धन्यवाद दिन चाहन्छु ।तर वीरगन्जको ऐतिहासिक नारायणी रंगशालासँग विभेद किन ? । काठमाडौँको दशरथ रंगशालासँगै निर्माण भएको नारायणी रंगशाला अझै पुनः निर्माणको लागि सरकारको पर्खाइमा छ । नारायणी रंगशालाले एउटा आधुनिक एंव व्यवस्थित रंगशाला बन्न सक्ने सामथ्र्य राखेको छ । मधेस प्रदेशको पुरानो एंव व्यवस्थित रंगशाला किन संघीय सरकारको नजरमा पर्न सकेन ? विभिन्न कालखण्डमा फुटबल, क्रिकेट लगायत खेलकुदसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर कैयँन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको नारायणी रंगशाला मर्मतसम्भार र संरक्षणको अभावमा वर्षौदेखि जीर्ण अवस्थामा पुग्दापनि सरकारको नजरमा पर्न नसकेको भन्दै सांसद यादवले दुःख व्यक्त गरेका छन् । प्रतिनिधी सभा बैठकमा यस विषयमा आँफुले पटक पटक आवाज उठाँउदासमेत सरकारको ध्यान किन पुगेन ? भन्दै उनले प्रधानमन्त्री प्रचण्डसंग प्रश्नपनि गरेका छन् ।

    २०४२ सालमा वीरगन्जवासीकै अग्रसरता र लगानीमा निर्माण गरिएको नारायणी रंगशाला अहिले जीर्णोद्वारको पर्खाइमा रहेका बेला बिहीबार संघीय सरकारको निर्णयले सम्पूर्ण वीरगन्जबासीलाई दुःखित तुल्याएको सांसद यादवको कथन छ ।सरकारको यस व्यवहारबाट वीरगन्जबासी रुष्ट बनेको भन्दै उनले नाारायणी रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा सरकारले फेरि वीरगन्जसँग विभेद गरेको वीरगन्जबासीले महसुस गरिरहेको सांसद यादवले प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । तसर्थ संघीय सरकारलाई आफ्नो निर्णय सच्याउँदै नारायणी रंगशालाको जीर्णोद्धार गर्न यसलाई पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सांसद यादवले प्रधानमन्त्रीसंग माग गरेका छन् । अन्यथा नारायणी रंगशालाका लागि वीरगन्जबासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन् । यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि वीरगन्ज फेरि संघीय सरकारको विभेदमा परेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै मेयर सिंहले लेखेका छन् –संघीय सरकारको कोप भाजनमा परेको वीरगन्ज फेरि पनि विभेदमा परेको छ । सरकारले नारायणी रंगशालालाई राष्ट्रिय गौरवको योजनामा नसमेट्नु दुखद् मात्रै नभई भत्र्सना योग्य कार्य रहेकोले त्यसलाई तुरुन्त सच्याउन मागपनि गरेका छन्। यो सामाचार मधेशखबरबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑