
बिरगंज | लालबाबु सिंह । नेवार समुदायहरुको दिवङ्गत पित्रीहरुको सम्झनामा निकालिने गाइजात्रा पर्व बिरगंजमा सपारु समिती पर्सा द्वारा गाजाबाजा सहित सभ्य एवं भव्य रुपले सम्पन्न गरिएको छ । सपारु समिती पर्साका अध्यक्ष सन्जय जोशीको अध्यक्षतामा बिरगंज ६ अलखिया अतिथी सदनबाट निस्केको गाइजात्रा मेनरोड हुँदै माइस्थान मन्दिर दर्शन गर्दै २ नम्बर रोड ,बिर्तामाइ दर्शन पश्चात् मेनरोड हुँदै अलख अतिथी सदनमा आइ समापन भएको थियो ।
सो अवसरमा अध्यक्ष जोशिले गाइजात्रा मल्लकालमा राजा जयप्रकाश मल्लको छोरा अल्पआयुमा असामयिक निधन भएको हुदा पुत्रशोकमा रानी धेरै समय सम्म डुबेको हुदा रानिलाइ सो बाट निकाल्न राज्य भरी मृत्यु भएका मानिसका परिवारजन लाई विभिन्न किसिमका गाई , राधाकृष्ण ,जोगि लगायत बनाइ गाइजात्रा निकाले का थिए ,सो देखेर रानीले हाम्रो मात्र हैन कि एक न एक दिन सबैको मृत्यु हुनेछ भनी सम्झिदै सबै जनताको दुखमा सामेल भइन र सो हि समय देखि गाईजात्रा पर्व मनाएर पित्रीहरुको सम्झना सम्मान गर्दै आएको र यो एतिहासिक सान्स्कृती परम्परा हाम्रो धरोहर हो र बिरगंजमा पनि वर्षौ देखि मनाइरहेको बताउनु भयो ।
सो अवसरमा बिरगंजका नेवार समुदायका साथै विभिन्न समुदायका अग्रज,महिला , युवाहरु ,सपारु समिती पर्साका पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको र सहभागिहरुले पर्म्परा जात्रा मेला हरु हामि सबैको साझा सम्पत्ति धरोहर भएकोले सम्पुर्णलाई आउने पुस्ताहरुलाइ बताउन सम्झाउन आग्रह गरेका थिए ।
