• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

  • वीरगंज संजाल
  • Aug 14, 2026, 5:07 pm
  • ०

    वीरगंज  | काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।

    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई शुक्रबार मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे।

    शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गरेका थिए।

    गत जेठ १९ गते बसेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।

    समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा थिए।

    बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौं विश्वविद्यालयमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए।

    उनले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) गरेका छन्।

    बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा छ। उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑