
वीरगंज | सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द गरिएको छ। २०७९ फागुनदेखि सुरू भएको विस्तारित अस्पताल सेवा गत चैतदेखि नै बन्द गरीएको हो।
२०७९ फागुनमा सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पाल सेवा सुरू गर्दै शनिवार र सार्जनिक विदाका दिन बाहेक आइतवारदेखि शुक्रवारसम्म दिउँसो ३ बजेदेखि उपचार सेवा सञ्चालन हुने बताइएको थियो।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले विस्तारित अस्पताल सेवा सुरू भएसँगै साँझ तीन बजेपछि पनि ओपिडी सेवा सञ्चालन हुने र विस्तारित अस्पताल सेवाअन्तर्गत टाढाबाट आउने विरामीले सहजै कम शुल्क तिरेर उपचार गराउन सक्ने बताएका थिए।
