
वीरगंज | जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार (साउन २६) बिहान ९ बजेर ८ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जाजरकोटको कल्सेनी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी गराएको छ ।
यसअघि, यही साउन १८ गते रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।