• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  राजनीति

    कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ

  • वीरगंज संजाल
  • Aug 9, 2026, 1:43 pm
  • ०

    सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    भारततर्फ भाग्ने क्रममा उनिहरुलाई भारतीय प्रहरी र एसएसबीले नियन्त्रणमा लिएर शनिबार नेपाल प्रहरीलाई बुझाएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिकाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले भने, ‘पक्राउ परेकाहरूको घटनामा कस्तो भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

    प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । कप्तानगञ्जमा केही समयअघि भएको विवादले हिंसात्मक रूप लिएपछि भएको घटनामा तीन जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो ।

    घटनाको वास्तविक कारण, हिंसा भड्किनुको अवस्था तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र पक्राउ परेकाहरूमाथि बयान लिने काम गरिरहेको छ । घटनाको अनुसन्धानपछि दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल
  • पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा
  • दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

    कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

    News

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    News

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    News

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    News

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑