
वीरगंज |शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ ।
राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन् । बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन
बमले अस्पतालमा तोडफोड गरेका छन् ।
पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो ।
