• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

  • वीरगंज संजाल
  • Jul 30, 2026, 9:21 am
  • ०

    वीरगञ्ज । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार अदालत परिसरमा आयोजित कार्यक्रममा अदालतको कार्यसम्पादन, मुद्दा व्यवस्थापन तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।

    कार्यक्रमको अध्यक्षता उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका माननीय न्यायाधीश गोकर्ण डाँगीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माननीय वरिष्ठ न्यायाधीश जगतबहादुर थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल तथा अदालतका रजिस्ट्रारहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै माननीय न्यायाधीश डाँगीले अदालतमा भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव रहे पनि न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरिएको बताउनुभयो। सीमित स्रोत–साधनका बाबजुद अदालतले प्रभावकारी रूपमा सेवा प्रवाह गर्दै आएको उहाँको भनाइ थियो।

    उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको स्थापना २०७३ साल असोज ३ गते भएको हो। यो नेपालकै दोस्रो ठूलो अदालतका रूपमा परिचित रहेको जानकारी पनि कार्यक्रममा दिइयो।

    अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा कुल ८,२२४ मुद्दामध्ये ५,८४६ मुद्दा फर्छ्योट गरिएको छ, जुन ७१.०८ प्रतिशत हो। उक्त अवधिमा २,३७८ मुद्दा फैसला हुन बाँकी रहेका छन्।

    त्यसअघि आर्थिक वर्ष २०८१/०८२ मा कुल ८,३२९ मुद्दामध्ये ४,७३५ अर्थात् ५६.८५ प्रतिशत तथा आर्थिक वर्ष २०८०/०८१ मा कुल ८,००० मुद्दामध्ये ४,५२८ अर्थात् ५६.६० प्रतिशत मुद्दा फर्छ्योट गरिएको थियो।

    त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका ९८७, १ वर्षभित्रका ६६९, १२ देखि १८ महिनासम्मका २८२ र १८ महिना नाघेका २१ मुद्दा रहेका छन्। रिटतर्फ ३७२, ३७ र १० वटा मुद्दा क्रमशः विभिन्न अवधिमा विचाराधीन रहेका छन्।

    कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरेका १८ महिना नाघेका १५७ मुद्दालाई घटाएर चालु आर्थिक वर्षमा केवल २१ मा सीमित गर्न अदालत सफल भएको जानकारी दिइयो।

    अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूले न्याय सम्पादन, सेवा प्रवाह, मुद्दा फर्छ्योट तथा अदालतको भावी कार्ययोजनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। अदालतका पदाधिकारीहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै न्यायिक सुशासन, पारदर्शिता र छिटो न्याय प्रवाहप्रति अदालत प्रतिबद्ध रहेको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति
  • संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?
  • आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    News

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    News

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    News

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑