वीरगन्ज।धनुषामा आयाेजित मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा तृतीय भएकाे छ ।
धनुषाकाे बटेश्वर गाँउपालिकामा शिवशक्ती युथ क्लबले आयाेजना गरेकाे प्रतियोगिताकाे सेमिफाइनलमा धनुषासंग ४१-२८ अंकले पराजित भएपछि पर्सा तेस्राे भएकाे पर्साका कबड्डी प्रशिक्षक आकाश पटेलले जानकारी दिए ।
बटेश्वर गाँउपालिकाकाे आर्थिक सहयाेगमा कार्तिक २गतेदेखि आयाेजित प्रतियोगिताको उपाधी धनुषाले जितेकाे छ। फाइनलमा धनुषाले राैतहटलाई ४४-१८ अंकले पराजित गरेकोे हाे ।प्रतियोगितामा मधेसका ८ वटै जिल्ला ले भाग लिएका थिए।