
वीरगंज | आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका सोमबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो ।
यता चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ ।
