
वीरगंज | डा. सुरेश आचार्य नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
उपसभापति विश्वप्रकाश शर्माले आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
शर्मा प्रतिष्ठानका प्रमुख हुन् । काँग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आगामी १ साउनदेखि लागू हुने गरी आचार्य प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त भएको जानकारी दिए ।
आचार्यले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त भएर पनि काम गरेका थिए ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।
आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् ।
