• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भेपमार्फत सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान : राहुल महरासहित चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस

  • वीरगंज संजाल
  • Oct 9, 2023, 9:11 am
  • ३४९

    बहुचर्चित विद्युतीय चुरोट (भेप)भित्र लुकाई गरिएको सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । प्रहरीले प्रतिवेदनमा सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुनपर्ने निष्कर्ष निकालेको छ । तर, उनका छोरा राहुलसहित चारजनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस छ ।
    घटनामा नयाँ पात्रको नामसमेत जोडिएपछि प्रहरीले दोस्रो चरण पुनः अनुसन्धान थालेको थियो । सोही क्रममा राहुल गत १३ भदौमा पक्राउ परेका थिए । प्रहरीले पूरक अभियोजनमा राहुलसहित अन्य चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । अन्य प्रतिवादी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक ली हानसोङ छन् । उनीहरूविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।
    ad
    भेपमा लुकाई सुन तस्करी भएको घटनामा सिआइबी अनुसन्धानरत थियो । यो सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । चारजनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।
    एसएसपी दिनेश आचार्य
    सिआइबीका एसएसपी दिनेश आचार्यले भेपमा गरिएको सुन तस्करीको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । ‘भेपमा लुकाई सुन तस्करी भएको घटनामा सिआइबी अनुसन्धानरत थियो । यो सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । चारजनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ,’ उनले भने ।
    घटनामा जोडिएका दावाजिन वाङसहितका ६ जना चिनियाँ नागरिकलाई भने भेट भएको बखत पक्राउ गर्ने र आवश्यक मुद्दा चलाउने गरी प्रतिवेदन बनाइएको छ । सिआइबीले उनीहरूविरुद्ध सुनको अवैध चोरी–पैठारी र संगठित अपराधअन्तर्गत म्याद थप गरे घटनाको अनुसन्धान गरेको थियो ।
    सिआइबीले पहिलो चरणको अनुसन्धान सकेर गत २७ असारमा नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही क्रममा पूर्वसभामुख महरा र उनका छोरा राहुलसमेत जोडिएका समाचार सार्वजनिक भएपछि सिआइबीले घटनाको दोस्रोपटक पुनः अनुसन्धान थालेको थियो । कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुनपर्ने सिआइबीको निष्कर्ष
    पूर्वसभामुख कृष्णबहादुरले भन्सारमा राखिएको सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक फोन गरेको आरोप थियो । उनका छोरा राहुलले सुन छुटाउन भन्सारका कर्मचारीलाई दबाब दिने तथा अभियुक्तलाई सहयोग गरेको आरोप लागेको थियो । घटनामा संलग्न रहेको देखिएकै आधारमा राहुललाई मुद्दामा प्रतिवादी बनाइएको हो ।
    गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ विद्युतीय चुरोटसहित पक्राउ परेका थिए । उनले जहाजबाट दुईवटा सुटकेसमा लुकाई ७३ कार्टुनभित्र सात सय ३० थान भेप ल्याएका थिए । शंका लागेपछि उक्त भेप विमानस्थलस्थित भन्सार कार्यालयको स्टोरमा राखिएको थियो ।
    भेपभित्र सुन रहेको खुलेपछि भन्सारकै अधिकृत रेवन्त खड्कासहितका कर्मचारीको मिलेमतोमा चोरी गरिएको थियो । र, उक्त सुन बिक्री गरेका थिए । भेप चोरी भएको खुलेपछि घटनाको अनुसन्धान सिआइबीले गरेको थियो । अनुसन्धानका क्रममा भेपभित्र साढे नौ किलो सुन रहेको खुलेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑