• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने रुपेशलाई कारबाही गर्न नेपाल फोटो पत्रकार महासङ्घको माग

  • वीरगंज संजाल
  • २७ भाद्र २०८०, बुधबार १७:०९
  • २१४९

    वीरगंज । पर्साबाट सञ्चालित प्रहार डेली डटकमका सञ्चालक राहुल गुप्तालाई ज्यान मार्ने धम्की दिने जयप्रकाश भनिने रुपेश गुप्तालाई कारबाही गर्न नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाले माग गरेको छ । नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाका सदस्यसमेत रहेका गुप्तालाई फोन र म्यासेज मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिने बाराको परवानीपुर गाउँपालिका – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारका जेठा छोरा रुपेशलाई कारबाही गर्न महासङ्घले माग गरेको हो । महासङ्घका सचिव श्रवण प्रसाद साहले बुधवार एउटा विज्ञप्ति जारी गर्दै समाचार लेखेको निहुँमा पत्रकार गुप्तालाई रुपेशले सामाजिक सञ्जाल र फोन मार्फत डर, धम्की र नानाथरिका गालीगलौज गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको घटनाप्रति नेपाल फोटो पत्रकार पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    विज्ञप्ति मार्फत उनले गलौच गर्दै धम्की दिएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग माग गर्दै महासङ्घले पत्रकार गुप्ता सुरक्षाप्रति संवेदनशील हुन् पनि माग गरेका छन् । ‘घटनामा संलग्नहरूमाथि आवश्यक कारबाही र पत्रकार गुप्ताको सुरक्षाप्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आग्रह छ,’ विज्ञप्ति लेखिएको छ । समाचारप्रति असहमति भएको खण्डमा त्यसविरुद्ध कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण पत्रकारमाथि गालीगलौज गर्नु अपशब्द प्रयोग गर्ने र ज्यान मार्ने सम्मको धम्की दिएको घटना लोकतान्त्रिक शासन व्यवस्था र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासङ्घको ठम्याइ छ । पत्रकारलाई स्वतन्त्रतापूर्वक भयरहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि आँच आउने गतिविधिहरू नगर्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न महासङ्घले अपिल पनि गरेको छ ।

    आफ्ना पिताका विरुद्ध समाचार लेखेको भन्दै परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारको छोरा रुपेशले गुप्तालाई मङ्गलवार सामाजिक सञ्जाल, सन्देश र फोन मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए । गुप्ताद्वारा सञ्चालित प्रहार डेली डटकममा भदौ २४ गते गुप्ताले “जनता आवासमा भेदभाव, परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर कलवारले गरे स्थानीयमाथि हातपात” शीर्षकमा समाचार लेखेका थिए । सोही समाचारलाई निहुँ बनाउँदै कलवारका छोरा रुपेशले मङ्गलवार उनलाई फोन मार्फत मार्ने गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको बुझिएको छ । ‘आफ्नो पिताविरुद्ध समाचार लेखेको भन्दै रुपेशले सुरुमा सामाजिक सञ्जाल फेसबूकको म्यासेन्जर मार्फत नानाथरीका गालीगलौजसहितको सन्देश पठाए,’ गुप्ताले भने, ‘त्यसपछि ९८५५०३२*** बाट फोन गरेर गाली गर्दै ज्यान मार्ने धम्की दिए ।’ फोन मार्फत दिइएको गालीगलौज र धम्कीको रेकर्डिङ आफूसँग रहेको राहुलले बताए । उनले रुपेशविरुद्ध गुप्ताले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी पनि दिएको बताए ।

    के थियो गुप्ताले लेखेको समाचारमा ?

    गुप्ताले वडाध्यक्ष कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार लेखेका थिए । समाचारमा नेकपा एमालेका युवा नेता उमेश गुप्तासँग जनता आवास कार्यक्रम मार्फत आफ्नो घर बनाउनुका निमित्त निवेदन दिन पुगेका स्थानीयहरूमाथि वडाध्यक्ष कलवार दुर्व्यवहार गर्नुका साथै हातपात गरेको विषय लेखिएको थियो । समाचारका अनुसार वडाध्यक्ष कलवारले आफू निकटका व्यक्तिहरूको मात्र निवेदन भर्न लगाएको स्थानीयहरूले आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑