• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने – गृहमन्त्री नारायणकारी श्रेष्ठ

  • वीरगंज संजाल
  • Aug 27, 2023, 2:04 pm
  • ६८९

    वीरगंज । उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,’ पिडित पक्षसंग सरकारले गरेको ५ बँुदे सहमतिमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जोहरीसमेतको आधार बनाएर समग्र छानबिन गरि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुरयाउँछ । रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत पिडित पक्ष र गृहमन्त्रालयबिच गत साउन २३ गते ५ बुँदे सहमति भएको थियो ।

    गृहमन्त्री श्रेष्ठले गौर हत्या काण्ड प्रकरणका पिडित पक्षसंग गृहमन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेकोपनि प्रष्ट पारे । श्रेष्ठले भने,’ सरकार कानूनी शासनलाई स्थापित गर्न प्रतिबद्ध छ। कुनैपनि सन्दर्भमा काुननको उल्ल्ंघन हुन दिदैनौ । गौर हत्याकाण्डका पिडित पक्षसंग भएको सहमति अनुसार त्यसमा छानबिन हुदैंछ । गृहमन्त्री श्रेष्ठले गिरीबन्धु टि स्टेट प्रकरण बारेपनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीपनि गराए । अहिलेको सरकार मुख्यत सुशासन , समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित रहेको उनले बताए । उनले भने,’ मुलुकमा यत्रो ठूलो राजनीतिक परिवर्तन त भयो तर आम जनताले यत्रो ठूलो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीको साँच्चिकै अनुभूती गर्न नपाएको हाम्रो निष्कर्ष छ । त्यसैले मुलुकमा सुशासन स्थापित गरी समृद्धिको यात्रा तर्फ अगाडि बढाउँदै राजनीतिक परिवर्तनका उपलब्धीको अनुभूती जनतालाई गराउने संकल्पका साथ सरकार अगाडि बढिरहेको उनले बताए ।

    मिटरब्याजी विरुद्धको कानुन निर्माण , नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही , ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट भएको उनले बताए । धरानमा गौ हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताए । उनले भने,’ यस घटनामा संलग्नहरुलाई संविधान र कानुन अनुसार कारबाही हुन्छ नै । त्यसका लागि प्रकृया अगाडि बढिसकेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टरका केन्द्रिय सदस्यद्वय निरज पिठाकोटे मगर र जगत राईका साथै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताकोपनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑