‘यहाँ धेरै समस्याहरु छ, उनले भनिन्, असार २४ करिब राति ११–१२ बजेतिर प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी काठमाडौं गयो । त्यो कुरा पनि मैले भोलिपल्ट अफिस आउँदा हाकिम काठमाडौं गयो भनेर थाहा भयो । सम्पर्क गर्दा विदामा आए भन्यो । तर, उताउतै साउन १ गते चिन भ्रमणमा जानुभएछ । उताबाट आउँदा उनको साउन २५ गतेमै सरुवा भएको रहेछ । प्रमुख प्रशासकीय अधिकृतले भदौ ५ गते आउँदा मेरो सरुवा भयो भनेर जानकारी गरायो ।’सरुवा भएको उनले अहिलेसम्म असार २४ गते नै गएपछि अहिलेसम्म नगरपालिका नआएको उपमेयर परविनले जनाईन् । अहिलेसम्म रमाना पनि नलिएको उनले बताईन् । हाकिमले गर्दा बजेट प्रभावित मात्रै होईन असारमै काम सम्पन्न गरेको कतिपयले भुक्तानी पनि नपाएको उपमेयर परविनको गुनासो छ । भुक्तानी रुकेपछि केही दिन त उपभोक्ताहरु नगरपालिकाको कामकाजलाई प्रभावित पार्ने गरी विरोध पनि गरेको उनले जनाईन् ।
‘नगरपालिकालाई जानकारी पनि भएन उनी चिन गएको । सरकारले एउटा नगरपालिकाको जिम्मेवारी सम्हालिरहेको हाकिमलाई बजेट नल्याई कसरी विदेश भ्रमण जाने अनुमति दियो ? उनले भनिन्, यस विषयमा सरकार पनि गम्भिर छैन् । हाकीमहरुलाई जे मन लाग्छ त्यो गर्छ । आफ्नै मनले गएछ । कमसेकम नगरपालिकालाई जानकारी गराउनुपर्छ नि ! यहाँ कस्तो अवस्था छ ? के छ ? त्यो पनि बुझ्नुपर्छ नि !’प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिलाई अटेर गरेको उनको आरोप छ ।यस नगरपालिकामा जोशीको सरुवा भएपछि मन्त्रालयले उनको ठाउँमा अर्को प्रमख प्रशासकीय अझै कसैलाइ पठाईसकेको छैन् ।सप्तरीमा राजविराजसहित कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, रुपनी गाउँपालिका, बलान विहुल गाउँपालिकाले हालसम्म सभाबाट बजेट ल्याउन सकेको छैन् ।
वडाध्यक्षको श्रीमति विरामी भएपछि बजेट आएन
सिरहामा पनि चारवटा स्थानीय तहले अझैसम्म बजेट ल्याउन सकेको छैन् । जिल्लाका कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भन्छन्,‘बिचमा मलाई सञ्चो भएन् । आईख उईठ गेलै (आँखा पाक्यो) । वडाध्यक्षसबके परिवारसबके सेहो मन खराब भगेलै (वडाध्यक्षहरुको श्रीमतीहरु पनि विरामी पर्यो) । र, कर्मचारीले पनि साथ दिएन ।’
यावत समस्याले बजेट ल्याउन नसकेको उनले बताए । विभिन्न कारणले हालसम्म बजेट ल्याउन सकेको छैन् । तर, अब हुन्छ । यसै महिनामा हुने सम्भावना छ, उनले भने,‘असारमा नीति तथा कार्यक्रम आईसकेको छ । कुनै खास कारण छैन् । कनि दिक्कत है (अलिक समस्या छ) । लेकिन कि करबै कखनो विभिन्न कारण सब भजाई है (कुनै बेला विभिन्न कारणहरु भईहाल्छ) । तर, यो महिनाको अन्तिम वा पहिले नै गरिसक्छौं ।’कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाले हालसम्म बजेट ल्याएको छैन् ।यता धनुषामा मिथिला नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिका गरी तीनवटा पालिकाले बजेट ल्याएको छैन् । धनुषाधाम नगरपालिकाले बजेट ल्याईसकेपनि मन्त्रालयको वेबसाइटमा हालसम्म प्रविष्ट गरेको छैन् । मेयर बालेश्वर मण्डल भन्छन्,‘अहिले नै प्रमुख प्रशासकीय अधिकृतलाई भनेर गराउँछु प्रविष्ट गर्न लगाउँछु ।’
उता मिथिला नगरपालिकाले बहुमत सदस्यको हस्ताक्षरबाट बजेट साउन १७ मा नै पारित गरिसकेको छ । तर, साउन १८ मा उपमेयरले मुद्दा दिएपछि बजेट कार्यान्वयन हुन सकेको छैन् । साउन १८ मा उच्च अदालत जनकपुरधामबाट ‘स्टेअर्डर’ जारी भएपछि यस पालिकामा बजेट कार्यान्वयन हुन सकेको अवस्था छैन् । यहाँ मेयर काँग्रेसबाट र उपमेयर एमालेका हुन् । उनीहरुबीचको द्धन्द्धले पालिकाको बजेट प्रभावित छ ।महोत्तरीमा सबै पालिकाले बजेट ल्याईसकेको छ । हालसम्म मन्त्रालयको वेबसाईटमा जिल्लाको सोनमा गाउँपालिकाले बजेट पेस नगरेको देखाएपनि अध्यक्ष विशेश्वर प्रसाद यादवले गाउँसभा भईसकेको जानकारी दिएका छन् । उनी भन्छन्, ‘अब सबै देखाउँछ । हाम्रो आफ्नै विवाद छ । बाहिर पनि गएको थियो । अब सबै ३–४ दिनभित्र पेस भईसक्छ ।’
सर्लाहीमा बलरा नगरपालिका, हरिवन नगरपालिका, हरिपुर्वा नगरपालिका र चन्द्रनगर नगरपालिकाले बजेट ल्याएको छैन् ।प्रमुख प्रशासकीय अधिकृतको बदमासीले पालिकाको बजेट आउन नसकेको हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साहको आरोप छ । जनप्रतिनिधिहरुबीच कुनै किसिमको विवाद नरहेपनि हाकिम जिम्मेवार नभएपपछि बजेट ल्याउन ढिलाई भएको उनको आरोप छ ।मेयर साह भन्छन्, ‘असार ८ मा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा निमेश मिश्रालाई पठायो । यस नगरपालिकामा मिश्र नआउने कोशिष गर्यो । मैले हाजिर गराउन प्रयास गरे । काठमाडौं गए अनि सचिव र मन्त्रीलाई पनि भने । मन्त्री क्र्वाटरमा त पञ्चायत नै भयो । र पश्चात् हाकिमलाई मन्त्री र सचिवले प्रेसर गरेर पठायो । असार १० मा हाकिम हाजिर भयो । त्यसपछि मैले सबै काम गर्न निर्देशन गरेँ । काम पनि गर्न सकेन् ।’
हाकिमको कारणले आर्थिक वर्ष २०८०।०८१ को बजेट त आउँदै आएन । पछिल्लो आर्थिक वर्षमा काम गरेकाहरुको डेढ करोड भुक्तानी पनि गरेन् । अहिले त्यो पनि टाउको दुखाईको विषय भएको मेयरले बताउँछन् ।मेयर साहले असा २० कार्यपालिका बैठक बसेर असार २९ मा नगरसभा गर्ने निर्णय गरेको बताए । तर हाकिमलाई मौखिक रुपमा पटक पटक नगरसभा गर्न भनेपनि उनले नगरसभा नगरी असार ३० गते काठमाडौं गईसक्यो उनले बताए ।असार ३० मा गएको हाकिम अहिलेसम्म आएन, उनी भन्छन्, सुन्छु उसको सरुवा हिजो अन्यत्रै भयो । न मैले भनेकोलाई जिम्मेवारी दिन्छ मन्त्रालयले, न राम्रो हाकिमलाई मन्त्रालयले पठाउँछ काम गर्न । यस विषयमा प्रधानमन्त्रीलाई पनि भनेको थिएँ, मेयर भन्छन्,‘अनि वहाँले म मन्त्रीलाई भन्छु भन्नुभो तर पनि अहिलेसम्म भएको छैन् । साउन २६ मा हाकिम लिन फेरी काठमाडौं गएँ अनि २९ मा मन्त्री नै परिवर्तन भयो । अहिलेसम्म अर्को हाकिमको यहाँ सरुवा भएको छैन् ।’
यता रौतहट गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद कलवारले एफएम, टिभी र फेसबुक सबैतिर बजेट आईसकेको बताउँछन् । यहाँको बजेट सभाबाट स्वीकृत भईसकेपनि मन्त्रालयको वेबसाइटमा बजेट पेस नभएको भनेर देखिन्छ । यी पालिकाले मन्त्रालयको वेबसाइटमा बजेट प्रविष्ट गरेको छैन् । यहाँको बजेट असार १० गते नै स्वीकृत भईककेको छ ।रौतहटमा गरुडा नगरपालिका, कटहरीया नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले नगरसभाबाट बजेट पारित गर्न सकेको छैन् ।कटहरिया नगरपालिकाको बजेट मन्त्रालयको वेबसाइटमा अपडेट नभएपनि पालिकाका मेयर अजय प्रकाशले बजेट ल्याईसकेको दाबी गर्छन् । उनी भन्छन्,‘प्रशासकीय प्रमुखको बदमासीले बजेट पेश नभएको हुनसक्छ । प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जनप्रतिनिधिहरुलाई पनि अटेर गर्छन ।’
‘हाकिमको कारण नगरपालिकामा कुनै कुनै बेला खुनाखुनी हुने अवस्था सिर्जना भईहाल्छ, उनले भने, ‘हाकिमले दिएपछि आईटी अफिसरले मन्त्रालयको वेवसाइटमा सबमिट गर्छ नि । अस्ति भर्खर हाकिमलाई गाली गर्दा पारित भईसकेको बन्द शत्रमा साईन गर्यो ।’ सही गर्ने हो कि नगर्ने भनेपछि उक्त कागजमा हस्ताक्षर गरेको उनले बताए ।मेयर अजयले प्रमुख प्रशासकीय अधिकृत उपर अर्को आरोप पनि लगाएका छन् । उनका अनुसार आँखा शिविरको नाउँमा हाकिमले २७ लाख रुपैँया कागजकै भरमा भुक्तानी गरेर खाईसक्यो ।
यो पालिकामा मन्त्रालयले पछिल्लो पटक भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय वा अन्तर्गतको मन्त्रालयमा कार्यरत उपसविच योगेन्द्र प्रसाद दुलाललाई प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा पठाएको छ । तर उनी हालसम्म पालिकामा हाजिर भएको छैन् । हाजिर हुने वा नहुने बारे कुनै जानकारी नभएको मेयर अजयले बताएका छन् ।मेयरले पालिकाको नगरसभा असार १० गते उद्घाटन गरी असार १८ गते सम्पन्न गरिसकेको जनाए ।बारा सिम्रौनगढ नगरपालिकाका उपमेयर नजमु शेहरले नगरसभा नभएको जनाईन् । उनका अनुसार पालिकाको नगरसभा अब हुने जनाईन् ।‘कुरा मिलाईरहेको छु, उनले भनिन्,‘आब सब मिल गईल बा, आब होजाई(अब कुरा मिलिसक्यो, अब भईहाल्छ) ।’