• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मुलुकभर ९२ प्रतिशत धान रोपाइँ

  • वीरगंज संजाल
  • Aug 23, 2023, 10:50 am
  • ३८९

    वीरगंज । यस वर्ष भदौ लाग्दासम्म धान रोपाइँ लगभग अन्तिम चरणमा पुग्न लागेको छ। भदौको सुरुवातमा देशभर ९२ प्रतिशत धान रोपाइँ भएको छ। मुलुकभर धान रोपाइँ पूरा नभइसके पनि स्थिति उत्साहजनक देखिन्छ। गत वर्षको सोही अवधि ९५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। यसपटक मनसुन ढिलाइ हुँदा पनि धान रोपाइँ केही कम हुन गएको हो। अधिकांश जिल्लामा गोरुमा लम्पी स्किन रोगका कारण जोत्न समस्या भएकाले पनि रोपाइँ प्रभावित बनेको देखिन्छ। मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी अर्थात् अन्तिम चरणमा कर्णाली र सुदूरपश्चिममा रोपाइँ भएको छ। यी दुवै प्रदेशमा करिब ९९-९९ प्रतिशत रोपाइँ भइसकेको छ। अझ गत वर्ष सोही अवधिमा कर्णालीको ९९ प्रतिशत र सुदूरपश्चिमको शतप्रतिशत रोपाइँ सकिएको थियो। अहिलेसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। गत वर्ष ९३ प्रतिशत रोपाइँ भइसकेको हालसम्म ८२ प्रतिशत मात्रै भएको छ।

    कृषि विभागका अनुसार देशभर खेती भइरहेको जमिन २५ लाख २५ हजार हेक्टर छ। कृषि विभागवाट प्रदेशसँगको समन्वयमा तयार गरिएको विभिन्न प्रदेशको तथ्यांकअनुसार वर्षे धान १४ लाख ८८ हजार हेक्टरमा लगाउन योग्य छ। यसैलाई आधारमान्दा कुल जमिनमध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा भने धान रोपाइँ भइसकेको छ। विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको कृषि तथा पशशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहरा बताउँछन्। ‘विस्तारै मनसुन सक्रिय भइरहेको तथा रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै गएको छ,’ उनले भने। यससँगै सरकारले यसपटक धानको समर्थन मूल्य पनि राम्रो तोकिदिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकिसकेको हो। मन्त्रालयका अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ मूल्य निर्धारण भएको छ।

    नेपालमा धान उत्पादन वृद्धिले भारतको आयात कम हुनेछ। भारतले पटकपटक धान चामलमा रोक लगाइरहँदा पछिल्लो पटक आयात केही खुम्चिएको छ। आर्थिक वर्ष २०७९-८० मा भारतबाट चामल आयात ३४ अर्ब रुपैयाँबराबरको भएको छ। जबकि अघिल्ला आर्थिक वर्ष २०७७-७८ मा ५० अर्ब ४७ करोड ८२ लाख रुपैयाँबराबरको आयात भएको थियो। मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३०.२ प्रतिशत छ। तर धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७-७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट ५६ लाख २२ हजार टन उत्पादन भएको थियो। सो वर्ष धान बालीको उत्पादकत्व ३.८ प्रतिशतमा सीमित रह्यो। आव २०७८-७९ मा १४ लाख ७७ हेक्टरमा धान रोपाइँ हुँदा ५१ लाख ३० हजार टनमात्रै उत्पादन भएको थियो। सो आवमा उत्पादकत्व ३.५ प्रतिशतमा सीमित रह्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑