• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुलुकभर ९२ प्रतिशत धान रोपाइँ

  • वीरगंज संजाल
  • ६ भाद्र २०८०, बुधबार १०:५०
  • १५३७

    वीरगंज । यस वर्ष भदौ लाग्दासम्म धान रोपाइँ लगभग अन्तिम चरणमा पुग्न लागेको छ। भदौको सुरुवातमा देशभर ९२ प्रतिशत धान रोपाइँ भएको छ। मुलुकभर धान रोपाइँ पूरा नभइसके पनि स्थिति उत्साहजनक देखिन्छ। गत वर्षको सोही अवधि ९५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। यसपटक मनसुन ढिलाइ हुँदा पनि धान रोपाइँ केही कम हुन गएको हो। अधिकांश जिल्लामा गोरुमा लम्पी स्किन रोगका कारण जोत्न समस्या भएकाले पनि रोपाइँ प्रभावित बनेको देखिन्छ। मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी अर्थात् अन्तिम चरणमा कर्णाली र सुदूरपश्चिममा रोपाइँ भएको छ। यी दुवै प्रदेशमा करिब ९९-९९ प्रतिशत रोपाइँ भइसकेको छ। अझ गत वर्ष सोही अवधिमा कर्णालीको ९९ प्रतिशत र सुदूरपश्चिमको शतप्रतिशत रोपाइँ सकिएको थियो। अहिलेसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। गत वर्ष ९३ प्रतिशत रोपाइँ भइसकेको हालसम्म ८२ प्रतिशत मात्रै भएको छ।

    कृषि विभागका अनुसार देशभर खेती भइरहेको जमिन २५ लाख २५ हजार हेक्टर छ। कृषि विभागवाट प्रदेशसँगको समन्वयमा तयार गरिएको विभिन्न प्रदेशको तथ्यांकअनुसार वर्षे धान १४ लाख ८८ हजार हेक्टरमा लगाउन योग्य छ। यसैलाई आधारमान्दा कुल जमिनमध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा भने धान रोपाइँ भइसकेको छ। विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको कृषि तथा पशशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहरा बताउँछन्। ‘विस्तारै मनसुन सक्रिय भइरहेको तथा रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै गएको छ,’ उनले भने। यससँगै सरकारले यसपटक धानको समर्थन मूल्य पनि राम्रो तोकिदिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकिसकेको हो। मन्त्रालयका अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ मूल्य निर्धारण भएको छ।

    नेपालमा धान उत्पादन वृद्धिले भारतको आयात कम हुनेछ। भारतले पटकपटक धान चामलमा रोक लगाइरहँदा पछिल्लो पटक आयात केही खुम्चिएको छ। आर्थिक वर्ष २०७९-८० मा भारतबाट चामल आयात ३४ अर्ब रुपैयाँबराबरको भएको छ। जबकि अघिल्ला आर्थिक वर्ष २०७७-७८ मा ५० अर्ब ४७ करोड ८२ लाख रुपैयाँबराबरको आयात भएको थियो। मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३०.२ प्रतिशत छ। तर धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७-७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट ५६ लाख २२ हजार टन उत्पादन भएको थियो। सो वर्ष धान बालीको उत्पादकत्व ३.८ प्रतिशतमा सीमित रह्यो। आव २०७८-७९ मा १४ लाख ७७ हेक्टरमा धान रोपाइँ हुँदा ५१ लाख ३० हजार टनमात्रै उत्पादन भएको थियो। सो आवमा उत्पादकत्व ३.५ प्रतिशतमा सीमित रह्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑