वीरगंज । पानीले गर्दा सिमरा-काठमाडौको विमान उडान प्रभावित भएको छ । सिमरा विमानस्थल खुल्न नसकेका कारण मंगलबार विहान ६ बजेदेखि कुनै उडान हुन सकेको छ ।
त्रिभुवन विमानस्थल काठमाडौंबाट अन्य ठाउँको आन्तरिक उडानहरु भएपनि काठमाडौदेखि सिमराको उडान हुन नसकेको हो । सिमरा विमान स्थलको रनवेमा पानी जम्मेका कारण विहान ६:३० बजेदेखीको कुनै विमान ९:३० बजे सम्म उडन सकेको छैन ।
त्यसैगरी सिमराबाट पनि विहान ६:४० देखीको कुनै विमान उडन सकेको छैन । पानीका कारण विमान उडन नसकेर विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् ।