• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्च बिच परिचयात्मक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • Aug 8, 2023, 9:53 am
  • ५८१

    वीरगंज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सङ्घ र एनवाइईएफका नवनिर्वाचित पदाधिकारी र सदस्यहरू बिच सम्बन्ध विस्तार गर्दै आगामी दिनमा हुन् सक्ने सहकार्यका विषयमा छलफल गर्ने उद्देशका साथ आयोजित परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको हो । वीरगञ्ज – ४ बिर्तास्थित सङ्घको सभाकक्षमा सम्पन्न परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले एनवाइईएफलाई आफूहरूले भगिनी संस्थाका रूपमा लिएको बताए । उद्योगी, व्यवसायी र उद्यमी आबद्ध दुवै संस्थाको उद्देश्य र काम गर्ने क्षेत्र पनि सदृश रहेको बताउँदै उनले सहकार्य गरेर अघि बढ्न धारणा राखे ।

    त्यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले एनवाइईएफलाई सँगै लिएर हिँड्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घ सधैँ तयार रहेको बताए । वीरगञ्जको हितलाई एक मात्र लक्ष्य बनाएर काम गरिरहेको सङ्घलाई एनवाइईएफका युवा सदस्यहरू मार्फत थप ऊर्जा मिल्ने बताए । एनवाइईएफको तर्फबाट अध्यक्ष सन्दीप अग्रवालले सङ्घलाई पनि आफूहरूले अभिभावकका रूपमा लिएको बताए । सङ्घको सहयोगबाट एनवाइईएफले स्थापना भएको तिन वर्ष भित्रमा ५ दर्जन भन्दा बढी कार्यक्रम गरेको स्मरण गराउँदै अग्रवालले भविष्यमा पनि आफूहरूले सम्मान किसिमको सहयोगको अपेक्षा गरेको बताए । अग्रवालले उद्योग वाणिज्य सङ्घले एनवाइईएफका युवाहरूलाई आफूसँग जोडेर काँधमा काँध मिलाइ अघि बढ्न सुझाव दिए । युवा शक्ति र अनुभव मिलेरसँगै बढे ठूलो परिवर्तन ल्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

    उनले एनवाइईएफको कार्यालय स्थापनाका लागि सङ्घले गरेको सहयोगका लागि पनि आभार प्रकट गरेका थिए । छलफलमा आगामी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सङ्घ र एनवाइईएफले संयुक्त रूपमा आयोजना गर्न लागेको पहिलो वीरगञ्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३ का विषयमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दास, महासचिव आशिष् लाठ, सदस्य एवम् तालिम केन्द्रका संयोजक अनुप अग्रवाल, एनवाइईएफका निवर्तमान अध्यक्ष राकेश साह, दुतिय उपाध्यक्ष विश्वास प्रताप साह, कार्यसमिति सदस्य दीपल खन्ना, सुरज रूङ्ग्टा, सदस्यहरू सुमन कुमार गुप्ता, हितेश जोशी, ऋषि साह, हिमांशु बरनवाल, आशु कुमार सर्राफ लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑