वीरगंज । काठमाडौंमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए । गणेश तामाङकी श्रीमती र छोरा घाइते छन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।