वीरगंज । वेस्ट इन्डिजले भारतलाई पहिलो टी-ट्वान्टीमा चार रनले पराजित गर्दै रोमाञ्चक सुरुआत गरेको छ ।
बिहीबार राति भएकाे खेलमा जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भारतले जवाफमा नौ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाएपछि खेल वेस्ट इन्डिजले जितेकाे हाे।
खेलको ११ ओभरसम्म तीन विकेट गुमाएर ७७ रनको स्थितिमा रहेको भारतले बाँकी ६८ रनमा ६ विकेट गुमाएको थियो । त्यसअघि वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।