• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात हृवात्तै बढ्यो

  • वीरगंज संजाल
  • Aug 4, 2023, 9:29 am
  • ४८१

    वीरगंज । वीरगन्ज नाकाबाट चार पांग्रे विद्युतीय सवारी साधनको आयात हृवात्तै बढेको छ । सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका वीरगन्जबाट अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीय जिप, कार र भ्यानको आयात १ सय २७ प्रतिशतले बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६० करोड ४३ लाख रुपैयाँ बराबरको १ सय ५९ वटामात्र विद्युतीय सवारी भित्रिएको थियो ।तर गत आर्थिक वर्षमा भने १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ सय ६१ वटा विद्युतीय जिप, कार, भ्यान आयात भएको छ । तुलनात्मक रुपमा यो नाकाबाट आयात हुने अन्य सवारी साधनको आयात भने गत आर्थिक वर्षमा घटेको छ । इन्धनबाट चल्ने सवारी आयातको तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै ७ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको ५ हजार ६ सय ७४ जिप, कार, भ्यान आयात भएकोमा गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ हजार १ सय १० वटा मात्र भित्रिएको थियो ।

    त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ९ सय ५६ डबल क्याब पिकअप गाडी आयात भएकोमा गत आर्थिक वर्षमा यसको आयातमा ४१ प्रतिशतले गिरावट आएको छ । गत आवमा ८६ करोड ३१ लाख रुपैयाँ बराबरको ५ सय २८ डबल क्याब पिकअप गाडी आयात भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै २ अर्ब २४ करोड रुपैयाँ बराबरको २५ हजार २ सय ४८ वटा अन एसेम्बल्ड मोटरसाइकल आयात भएकोमा गत आवमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको १८ हजार ८ सय ३३ वटा अन एसेम्बल्ड मोटरसाइकल भित्रिएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब २८ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ हजार २ सय ८७ वटा बस ट्रकका चेसिस वीरगन्ज नाकाबाट आयात भएकोमा गत आवमा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ७ सय ३६ वटा बस ट्रकका चेसिस भित्रिएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब ४७ प्रतिशतले घटेको छ ।

    भन्सार कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब १० करोड रुपैयाँ बराबरको ४५ हजार १ सय ६२ वटा तयारी मोटरसाइकल आयात भएकोमा गत आवमा ७१ करोड ६३ लाख रुपैयाँ बराबरको ७ हजार ४ सय ९५ वटा तयारी मोटरसाइकल भित्रिएको थियो । यो सवारीको आयात करीब ८४ प्रतिशतले घटेको छ । समग्रमै सवारी साधनको आयातनै घटेपछि वीरगन्ज भन्सार कार्यालयले वार्षिक रुपमा संकलन गर्दै आएको राजश्वमा यसको योगदान पनि व्यापक रुपमा घटेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा संकलन भएको कुल राजश्वमा सवारी साधन आयातबाट संकलित राजश्वको योगदान ७ दशमलव ४७ प्रतिशत मात्र रहेको छ । अघिल्ला आर्थिक वर्षहरुमा कुल संकलित राजश्वमा सवारी साधनको योगदान २५ देखि ३० प्रतिशतसम्म रहँदै आएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले उपभोक्तामा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएकाले यसको आयात पनि बढ्दो क्रममा रहेको बताए ।‘विद्युतीय सवारी साधनको आकर्षण बर्सेनि बढ्दो क्रममा छ,’ उनले भने , ‘यो निरन्तर जारी नै रहन्छ ।’ इन्धनबाट चल्ने सवारी साधनको आयात घट्नुमा भने आर्थिक मन्दीनै मुख्य कारण रहेको ढकालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
  • रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
  • धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    News

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑