• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतमा साम्प्रदायिक हिंसा फैलिदैं, मस्जिद जलाएर इमामको हत्या

  • वीरगंज संजाल
  • Aug 2, 2023, 12:20 pm
  • ८१७

    वीरगंज । भारतको मणिपुर राज्यमा झण्डै तीन महिनायता कुकी जनजाति र मैतेई समुदायबीच हिंस्रक द्वन्द्व चलिरहेको छ । क्रिश्चियन कुकी र हिन्दु मैतेईबीचको यस द्वन्द्वमा सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । मणिपुरको हिंसा टर्न नपाउँदै यतिबेला फेरि भारतकै हरियाणा राज्यमा पनि हिन्दु र मुस्लिम समुदायबीच अर्को हिंस्रक द्वन्द्व छेडिएको छ । एकपछि अर्को यस्तो अप्रिय घटनाक्रमले भारतमा साम्प्रदायिक हिंसाको आगो दन्किएको आभास भएको छ ।

    गत सोमबार हरियाणाकाे नुह जिल्लामा हिन्दु राष्ट्रवादी समूहहरू बजरङ्ग दल र विश्व हिन्दु परिषद्ले आयोजना गरेको एउटा धार्मिक यात्राका क्रममा भिडन्त भएको थियो । धार्मिक यात्राका क्रममा स्थानीय मानिसहरूले धार्मिक यात्राका गाडीलाई ढुंगामुढा गरेपछि यो द्वन्द्व सुरु भएको हो । यतिबेला यो घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन् । हरियाणामा सुरु भएको द्वन्द्वका कारण हिन्दु समुदायको भिडले सोमबार राति नै दिल्लीनजिकै रहेको गुरुग्रामस्थित एउटा मस्जिदमा आगजनी गर्दै मस्जिदका इमामको हत्या गरिदिएका छन् । मस्जिदका इमाम मोहम्मद सादको हत्या भएको हो ।

    सोमबारको द्वन्द्वपछि दुवै समुदायको भिडले दर्जनौँ सवारीसाधन र स्थानीय पसलहरूमा तोडफोडसमेत मच्चाएका छन् । देशमा साम्प्रदायिक हिंसाका घटनाहरू भड्किएसँगै विपक्षी पार्टीहरूले भारतीय जनता पार्टीको सरकारले देशमा शान्ति र स्थायित्व कायम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । दुई समुदायबीच हिंस्रक भिडन्त भएपछि यतिबेला हरियाणाका शहरमा कर्फ्यु लगाइएको छ । साम्प्रदायिक हिंसा फैलिएका स्थानमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले त्यहाँ बुधबारसम्म इन्टरनेट बन्द गरिदिएको छ । हरियाणामा सुरु भएको द्वन्द्वले भारतका मुस्लिम र हिन्दु समुदायबीच झनै खाडल खन्न सक्ने आशंका गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल
  • सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    News

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑