• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पानीकाे समस्या समाधानको दीर्घकालीन उपाय खाेज्दै वीरगन्ज महानगर : जमिनमुनिको तह नापिदैं

  • वीरगंज संजाल
  • Aug 2, 2023, 10:58 am
  • ११४१

    वीरगंज । खानेपानीको चरम अभाव झेल्दै आएको वीरगन्ज महानगरपालिकाले दीर्घकालीन समाधानका विभिन्न उपायहरूको खोजी सुरु गरेको छ । महानगरले मंगलबारदेखि प्रविधिमार्फत पानीको भू–सतह पत्ता लगाउन अध्ययन अनुसन्धान सुरु गरेको छ । गत शुक्रबार खानेपानी मन्त्री महिन्द्रराय यादवसँग भेट गर्दै महानगरका मेयर राजेशमान सिंहले वीरगन्जमा पानीको भू–सतह पत्ता लगाउन मेसिनसहित विज्ञको टोली पठाइदिन आग्रह गरेका थिए । त्यही आग्रह अनुरुप मन्त्रालयबाट आएको विज्ञ सहितको प्राविधिक टोलीले महानगरका विभिन्न स्थानमा पुगेर प्रविधिमार्फत पानीको भू–सतहको बारेमा अध्ययन थालेको हो । मंगलबार महानगरपालिकाको वडा नम्वर १ देखि १६ सम्मका वडाका विभिन्न स्थानमा ‘ग्राउण्ड एक्स-रे’ मेसिनबाट पानीको भू–सतह मापन गर्न सुरु गरिएको प्राविधिक टोलीको नेतृत्व गरेका जसपाका नगर अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । ‘ग्राउण्ड एक्स-रे’ मार्फत जाँच गर्दा यहाँको पानीको सतह ६० देखि ८० मिटरसम्ममा जमेको देखाएको तथा १२० देखि १३५ मिटरको सतहमा मात्रै उचित सतह भेटिएको प्राविधिक टेकराज भुषालले जानकारी दिए । टोलीले महानगरपालिकाको ३२ वटै वडामा पुगेर भू–सतहको मापन गरेर प्रतिवेदन बुझाउने छ । कतिपय वडामा पानीको भू–सतह एकै प्रकारको देखिएको भए पनि कतिपय वडामा फरक-फरक समेत भेटिएको अर्का प्राविधिक सुनिल खनालले जानकारी दिए । महानगरले अब पानीको दीर्घकालीन उपाय खोज्न प्रविधिमार्फत पानीको भू–सतहको पहिचान गर्ने कामलाई अघि बढाएको र यसै अनुरुप डिप बोरिङ तथा चापाकल लगाउने मापदण्ड तय हुने छ । प्रयाप्त वर्षा नहुँदा वीरगन्ज महानगर लगायत यस आसपास क्षेत्रमा घरघरमा लगाइएका अधिकांश चापाकल सुक्दा अहिले दैनिक प्रयोग गर्ने पिउने पानीको समस्या देखिएको छ ।

    ट्यांकरमार्फत घरघरमा पानी वितरण

    पानीको समस्या समाधानका लागि महानगरपालिकाले विभिन्न वडामा ट्यांकरबाट पानी वितरण गर्नुका साथै अस्थायी रुपमा ट्याङ्‍की नै राखेर घरघरमा पानी पुर्‍याउने प्रयास गरिरहेको छ । महानगरले वडाहरुमा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेर नगरवासीको प्यास मेटाउन लागि परिरहेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताए । बिहान ५ बजेदेखि राति ८ बजेसम्म विभिन्न २० वटा वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउन महानगर तयार रहेको मेयर सिंहले बताए । यसका साथै खानेपानी संस्थानको पाइपलाइन पुगेको विभिन्न वडाका सार्वजनिक स्थानहरुमा पनि धारा निकालेर पानी उपयोग गर्ने व्यवस्था मिलाइएको मेयर सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिए । अहिलेसम्म १० हजार लिटर क्षमताको १५ वटा र ५ हजार लिटर क्षमताको १६ वटा ट्याङ्कीप विभिन्न वडाका सार्वजनिक स्थानमा राखिएको आलमले बताए । खानेपानीको धारा तथा ट्याङ्की राख्ने काम अझै जारी रहेको तथा ट्यांकरबाट पानी वितरण गर्ने काम पनि सँगसँगै अघि बढाइएको उनले बताए । तत्कालै प्राकृतिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्की मार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो । यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको हो । ‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि खानेपानी संस्थानसँगको समन्वयमा सार्वजनिक स्थानमा पानीको धारा जोड्ने काम गरिरहेका छौँ,’ मेयर सिंहले भने, ‘ट्यांकर र टंकी राखेर महानगर आफैँले पानी वितरण गरिरहेको छ ।’

    धारा जडानलाई तीब्रता दिइँदै

    मेयर सिंहले मंगलबार खानेपानी संस्थानका अध्यक्षसहितको टोलीलाई वीरगन्ज बोलाएर यहाँको अवस्थाबारे जानकारी गराएका छन् । संस्थानमा कर्मचारी अभाव रहँदा महानगरले लिएको लक्ष्य अनुरुप सार्वजनिक स्थानमा पानीको धारा जडान गर्न समय लागेको भन्दै तत्काल समस्या समाधान हुने गरी कर्मचारी थप गर्न मेयर सिंहले आग्रह गरे । जस अनुसार ६ जना मात्रै प्लम्बर रहेको संस्थानको वीरगन्ज कार्यालयमा अब १६ जना प्लम्बर थप गरेर धारा जडानको कामलाई तिब्रता दिन लगाएको संस्थानका अध्यक्ष गुणाकर भुषालले जानकारी दिए । संस्थानले सार्वजनिक स्थानमा धारा जडान गर्ने कामलाई तीब्रता दिए पानीको हाहाकारबाट गुज्रिरहेका यहाँका नागरिकले राहत अनुभूति गर्ने विश्वास लिएको मेयर सिंहले बताए । सार्वजनिक धारा जडानका लागि महानगरले प्राविधिकको ४ वटा छुट्टा छुट्टै टोली नै खटाएको छ । महानगरको टोलीसँगै एक जना संस्थानको कर्मचारी पनि अनिवार्य हुनु पर्ने भएकाले संस्थानले आफ्नो कर्मचारी दिन नसक्दा महानगरबाट खटिएको टोलीले लक्ष्य अनुरुप काम गर्न सकेको छैन । मंगलबार भएको छलफलमा खानेपानी संस्थानले धारा जडान गर्न पाइप विच्छ्याउँदा महानगर क्षेत्रमा खनेको सडक र सडक पेटी यथासिघ्र छिटो मर्मत गरिदिने प्रतिबद्धता समेत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल
  • सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    News

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑