• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा सम्झौता विपरित कवाडी कर असुल्दै ठेकेदार

  • वीरगंज संजाल
  • १५ श्रावण २०८०, सोमबार १९:२८
  • २०२५

    वीरगंज । वीरगञ्ज महानगरपालिकासँग भएको ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले जबरजस्ती कवाडी कर असुल गरेको पाइएको छ । बारा–पर्सा उद्योगका उत्पादन लोड गर्न वीरगन्जको सुक्खा बन्दरगाहबाट गएका खाली कन्टेनर, भारत र तेस्रो मुलुकबाट आयातित अन्य वस्तु बोकेका मालबाहक सवारी साधनबाट समेत कवाडी कर संकलन गरेको पाइएको हो । ठेकेदारका कर्मचारीले चिप्स, टीभी, फ्रिज, मोटर पार्टस् बोकेका सवारी साधनबाट समेत जगरनाथपुरको गण्डक चोकमा राखेको ढाँटमा जबरजस्ती कबाडी कर संकलन गरेको कपुर डिजल लोजिस्टिकका राजेश लामा बताउँछन् । भन्सारको प्रज्ञापनपत्रमा ‘रेफ्रिजेरेसन सिस्टम’ भएको खाली कन्टेनर लेखिएको भएपनि ठेकेदारले कबाडी कर असुलेका छन् । पैसा दिन नमान्दा चालक र सहचालकसँग दुर्व्यवहार समेत हुने गरेको छ । महानगरपालिका क्षेत्रभित्र उत्पत्ति, संकलित तथा व्यावसायिक उपयोग र कारोबार हुने जडिबुटी, कवाडी तथा जीवजन्तु कर असुलीका लागि चालु आर्थिक वर्षको ठेक्का गणपति निर्माण सेवा वीरगञ्जले पाएको छ ।

    महानगर राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार गणपति निर्माण सेवाले ३ करोड ३ लाख रुपैयाँमा कवाडी करको ठेक्का सकारेको हो । महानगरले करको दरसहित विभिन्न २३ वटा आइटम (वस्तु)मा मात्र कवाडी कर लिन पाउने ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । जडिबुटी, सिसा, बोतल, स्क्रेप, पुरानो फलाम तथा स्टिल, टायर ट्युब, पुरानो कागज, जुट, प्लास्टिकजन्य वस्तु, भुस, पराल, छाला, जलेको मोबिल, काम नलाग्ने मेसिनरी औजार, इट्टा, हाड, पिना, जिंक लगायत विभिन्न २३ वटा आइटम (वस्तु) मा कर लिन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । ती वस्तुमा प्रतिकिलो, प्रति क्विन्टल, प्रतिट्रक, प्रतिक्यू फिटमा कर निर्धारण गरिएको छ । तर, ठेकेदारले कर संकलन गर्न खटाएका कर्मचारीले महानगरले निर्धारण गरेको वस्तु बाहेकका सवारी साधन र खाली कन्टेनरसँग समेत जबर्जस्ती कर असुल गरेका छन् । महानगरसँग भएको सम्झौताविपरित ठेकेदार कम्पनीले कवाडी कर असुल्न नपाइने राजस्व महाशाखा प्रमख कर्ण बताउँछन् । ‘कवाडी करका लागि वीरगञ्ज महानगरपालिकाले निर्धारण गरेका २३ वटा वस्तु हाम्रो सवारी साधनले बोक्दैनन्,’ कपुर डिजल लोजिस्टिकका राजेश लामा भन्छन्, ‘तैपनि प्रतिखेपमा ३२० रुपैयाँ तिर्न बाध्य छौं, हाम्रो ५० वटा ट्रक छन् ।’ यसैगरी बीपीटीसी लोजिस्टिकका ९० वटा सवारी साधन छन् । बीपीटीसी अन्तर्गत सञ्चालनमा रहेका मालबाहक सवारी साधनले चिप्स, फ्रिज, टीभी लगायतका इलेक्ट्रोनिक्स आयातित वस्तु मात्र बोक्छन् । ती ट्रकहरुबाट समेत ठेकेदारले कवाडी कर असुल गरेका छन् । सम्झौता विपरित ठेकेदारले अवैध रुपले कवाडी कर संकलन गरेको प्रमाणसहित सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कारबाही नभएको कपुर डिजल लोजिस्टिकका राजेश लामाले गुनासो गरे । एक साता अगाडि चितवनका व्यवसायीले समेत ठेकेदारले गैरकानुनी रुपले कवाडी कर असुल गरेको भन्दै वीरगञ्ज महानगरपालिका कार्यालयमा डेलिगेसन गरेका थिए ।

    ‘कवाडी करका ठेकेदारले सवारी करझैं जबरजस्ती कर उठाएको व्यवसायीले गुनासो गरेका थिए,’ महानगरका एक वडाध्यक्ष भन्छन्, ‘निकासीमा मात्र लिनुपर्ने कर अहिले पालिकापिच्छे ठेकेदारहरुले उठाएको भन्दै विरोध समेत गरेका थिए ।’महानगरका राजस्व महाशाखा प्रमुख मनोज कर्णले ठेकेदार कम्पनीले सम्झौता विपरित कर संकलन गरिरहेको गुनासो आएको बताए । ‘महानगरले निर्धारण नगरेका वस्तुबाट समेत कर संकलन गरिएको भन्दै व्यवसायीले गुनासो गरेका छन्,’ उनले भने, ‘हामीले महानगरका हाकिमलाई यसबारे जानकारी गराएका छौँ ।’ सम्झौता विपरित गैरकानुनी रुपले ठेकेदारले कर संकलन गरेको विषयमा महानगरले के गर्दैछ भन्ने प्रश्नमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल सम्पर्कमा आउन चाहेनन् । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले गैर कानुनी रुपले कर उठाएको गुनासो पटक पटक आएपछि महानगरलाई जानकारी गराएको बताए । कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर र परवानीपुर प्रहरी चौकीलाई समेत निर्देशन दिएको एसपी शाहको भनाइ छ । ‘यसमा महानगर जिम्मेवार बन्नुपर्छ,’ एसपी शाहले भने, ‘अवैध कर संकलन गर्नेलाई कारबाही हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑