• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा मिटरब्याजी विरुद्धका २ सय उजुरीमा मिलापत्र

  • वीरगंज संजाल
  • १५ श्रावण २०८०, सोमबार १७:४७
  • २४५३

    वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा अनुचित लेनदेन (मिटरब्याज) कसुरमा १ हजार ३ सय २१ उजुरी परेकोमा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार कार्यालयमा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा २ सय उजुरीमा दुवै पक्षबीच मिलापत्र भई विवाद समाप्त भएको छ । कुल ४ सय उजुरीमा छलफल भएकोमा त्यसको आधा उजुरीमा मिलापत्र भएको छ भने २ सय उजुरीमा पर्सा जिल्ला अदालतमा मुद्दा परेको उनले बताए ।मिटरब्याजीविरुद्ध अनलाइन उजुरी दर्ता गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा वैशाख १७ देखि उजुरी दर्ता गर्न थालिएको थियो । हाल उजुरी दर्ता बन्द भएको उनले बताए ।

    कुल दर्ता भएका उजुरी जिल्लाभरिका १४ वटै स्थानीय तहबाट आएका छन् । विशेष गरी लेनदेन र जग्गाजमिनसम्बन्धी मिटरब्याज पीडितहरूको उजुरी बढी दर्ता भएका छन् । उजुरीको छानबिनको क्रममा दुवै पक्षमात्र नभई कपाली वा अन्य कागजात लेख्ने लेखापढी वा कानुन व्यवसायीलाई पनि कार्यालयमा बोलाएर आवश्यक सोधपुछ तथा बयान लिने गरिएको उनले बताए । छानबिनको क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता रहे/नरहेकोबारे सूक्ष्म अनुसन्धान गर्ने गरिएको उनले बताए । आसामीले पनि के कति आवश्यकता परेर त्यति रकम लिएको हो र रकम लिएपछि कुनै विशेष उद्देश्य वा प्रयोजनमा खर्च गरिएको छ कि छैन भनी अनुसन्धान गर्ने गरिएको सहायक प्रजिअ पाैडेलले बताए । कतिपय उजुरीको सम्बन्धमा दुवै पक्षलाई कार्यालयमा छलफलका लागि बोलाउँदा आरोपित पक्ष नआउने गरेको समेत पाइएको उनले बताए । यसैबीच संघीय संसदमा मिटरब्याजसम्बन्धी अध्यादेश जारी हुन ढिलाइ भएको समयमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले मिटरब्याजीको पक्षमा आदेश गरेको पाइएको छ ।

    अदालतका न्यायाधीश गणेशप्रसाद बरालको इजलासले राजेन्द्रकुमार साह निवेदक रहेको निषेधाज्ञा मुद्दामा असार २६ गते जिल्ला प्रशासन कार्यालय पर्साको नाममा अन्तरिम आदेश जारी गरेको हो । सियादेवी दुसादिनलाई विपक्षी बनाई दर्ता गरिएको मुद्दामा संसदमा मिटरब्याजसम्बन्धी अध्यादेश जारी हुन ढिलाइ भएकाले तत्काललाई निवेदक साहलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिएको छ । सियादेवीले साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिएकी छन् । मिटरब्याजपीडित संघर्ष समितिका सदस्य सन्तोष पासवानले यसरी अदालतले सरकारले मिटरब्याजीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उजुरी लिई छानबिन गरिरहेको अवस्थामा सम्पूर्ण प्रक्रियालाई नै निस्तेज गरी मिटरब्याजीलाई पक्राउ गर्न रोक लगाउने गरी आदेश जारी गर्दा मिटरब्याजीहरू झनै उत्साहित हुने बताए । सहायक प्रजिअ पौडेलले भने उक्त आदेशबारे हालसम्म आफूलाई औपचारिक जानकारी नआएको बताए । तर अदालतको आदेशको पत्र हेरेर मात्र आफूले कुनै प्रतिक्रिया दिन सक्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑