• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रभु साह र उपेन्द्र यादवकाे टकरावले रौतहटमा बढ्दैछ राजनीतिक तनाव

  • वीरगंज संजाल
  • १४ श्रावण २०८०, आईतवार २०:०३
  • १४८५

    वीरगंज । गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै रौतहटमा निरन्तर प्रदर्शन भइरहेको छ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको नाममा भएको प्रदर्शनको नेतृत्व आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरिरहेका छन् ।आइतबार संघर्ष समितिले गौरमा मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेको छ । सोमबारदेखि रौतहट बन्दको घोषणा गरिएको छ । ‘हामीले घटनापछि दिएको जाहेरी अनुसार जबसम्म दोषीहरूलाई पक्राउ गरी कारबाही हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, संघर्ष समितिकी संयोजक रूपसागर देवीले भनिन् । २०६३ साल चैत ७ गते गौरको राइस मिलमा तत्कालिन माओवादी केन्द्र र मधेसी जनाधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । घटनामा दर्जनौं घाइते भएका थिए । जसमा पीडितहरूले तत्कालीन मधेसी जनअधिकार फाेरमका अध्यक्ष उपेन्द्र यादवसहित २५३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएका थिए । तर हालसम्म स्थानीय प्रशासनले उक्त घटनामा कारबाही अघि बढाएको छैन ।

    त्यतिबेला ज्यान गुमाउनेका आफन्तहरुले संघर्ष समितिको नाममा आन्दोलन गरिरहेका छन् । शुक्रबार पालिका–पालिकामा घटनाका विषयमा जानकारी गराइएको थियो भने शनिबारदेखि रौतहटको चन्द्रनिगाहपुरमा शहीद तथा पीडित परिवार अनशन बसेका छन् । तर आन्दोलनमा प्रभु साह एकातिर र जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सत्तारुढ दलहरु अर्कोतिर देखिएका छन् । यसअघि १ साउनमा पनि संघर्ष समितिले उपेन्द्र यादवलाई गौर हत्याकाण्डको मुख्य दोषी भन्दै कारबाहीको माग गर्दै प्रदर्शन गरेका थियाे । उनीहरुले गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर, न्याय पार्न पाइँदैन, दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढाऊ, जंगलीराज चाहिँदैनलगायतका नारा लगाएका थिए । त्यसको ९ दिनपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले जुलुस निकालेर प्रभु साहलाई कारबाहीको माग गरे । सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिका नाममा भएको प्रदर्शनमा प्रभु साहलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । माओवादी शान्ति प्रक्रियामा आएयता काशीनाथ तिवारी, सुनिल यादव, महादेव साह, शम्भु पटेल सहित दर्जनभन्दा बढी व्यक्तिको हत्यामा प्रभु साहको संलग्नता रहेको ती दलहरुले दाबी गरेका छन् । अहिले गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आन्दोलनको पनि जनता समाजवादी पार्टीले प्रतिवाद गर्ने चेतावनी दिएको छ । जसपाका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार हो । तर जोरजबर्जस्ती बजार बन्द र जनतालाई दुःख दिने काम भयो भने हामी प्रतिकार गर्छौं ।’ प्रतिकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपासहित चार दलको साथ रहन्छ । यता संघर्ष समिति संयोजक रूपसागर देवीले न्यायको लागि शान्तिपूर्ण रूपमा गरिरहेको आन्दोलनलाई रोक्ने अधिकार कसैसँग नभएको जिकिर गरिन् । ‘हामी न्यायको लागि आन्दोलन गर्दै आएका छौं । अरूले पनि शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउँछन् ।

    तर एकअर्काले हस्तक्षेप गर्न पाउँदैनन् । न हामीलाई रोक्न सक्छन्, न हामी उनीहरूलाई रोक्न सक्छौं’, उनले भनिन् ।संघर्ष समितिले घटनाका मुख्य अभियुक्त तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव रहेकाले उनी लगायत संलग्नहरूमाथि तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेको छ । ‘गौर हत्याकाण्डका मुख्य दोषी उपेन्द्र यादव हुन् । उनी लगायत हाम्रो आँखा अगाडि खुलेआम घुमिरहेका दोषीहरूमाथि अविलम्ब कारबाही हुनुपर्छ’, संघर्ष समितिकी संयोजक रूपसागर देवीले भनिन् । संघर्ष समितिप्रति जसपा असन्तुष्ट हुनुको कारण पनि यही हो । ‘त्यो दिन कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभागी हुनु भएकै थिएन । तर उहाँलाई प्रमुख दोषी भनेर फसाउन खोजेका छन्’, जसपाका रौतहट अध्यक्ष श्यामबिहारी भन्छन् । तत्कालीन माओवादी नेता प्रभु साहका कारणले गौर घटना भएको दाबी गर्दै उनले साहमाथि कारबाही हुनुपर्ने बताए । यसरी आम जनता पार्टी र जसपा एकअर्का विरुद्ध सडकमा आएपछि रौतहटमा झडपको सम्भावना बढेको छ । सम्भावित द्वन्द्व सिर्जना हुन नदिन स्थानीय प्रशासनले दुवै पक्षसँग वार्ता थालेको छ । ‘आन्दोलनरत पक्ष र विरोध गर्ने पक्षसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छौं । लोकतान्त्रिक हिसाबले सबैले आ–आफ्नो माग राख्न सक्छन्’ रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने, ‘एक पक्षले बन्द गर्ने र अर्को पक्षले उल्लंघन गर्ने भएपछि झन् त्यहाँ झडप हुने सम्भावना हुन्छ भनेर हामी सचेत छौं ।’उनले द्वन्द्व चर्कंदै गए प्रशासनले हेरेर नबस्ने बताए । ‘गौर हत्याकाण्ड सम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो रिटमा आउने आदेश पर्खिदिन आन्दोलनरत पक्षसँग मैले आग्रह गरेको छु’, प्रजिअ मिश्रले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑