• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्नमा ढिलाई गर्न नहुने : प्रभु साह

  • वीरगंज संजाल
  • Jul 26, 2023, 8:38 am
  • ८४१

    वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्नमा ढिलाई गर्न नहुने बताएका छन् । अहिले गौर हत्याकाण्डका नाईकेलाई जोगाउँनका लागि प्रतिक्रियाबादीहरु सक्रिय भएर लागेको उनले बताए । रौतहटको मौलापुरमा निर्माण भएको पार्क होटलको दोस्रो खण्डको आज उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले रौतहटको कलंकको रुपमा राजपुर बमकाण्ड र गौर हत्याकाण्ड रहेको बताए । राजपुर बमकाण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डमा संलग्न अपराधी खुलेआम घुम्नु दुःखद् रहेको उनले बताए ।

    हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले आपराधीलाई कारबाही गरी रौतहटमाथि लागेको कलंक हटाउनुपर्ने बताए । घटनाको छानबिनका लागि गठन गरिएको आयोग समेतले आपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहको भनाइ थियो । ‘दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा राजपुर बमकाण्ड र अर्को गौर हत्याकाण्ड । राजपुर बमकाण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ’ आजपा अध्यक्ष साहले भने, ‘यहाँ जाहेरी दर्ता भएको छ, तत्कालिन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ ।

    ’घटनाको १६ वर्ष बिति सक्दा पनि पनि न्यायका लागि गुहार्नुपर्ने र दोषीलाईलाई कारबाही नहुने अवस्था आउनु दुःखद् रहेको उनले बताए । २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् । सोही कार्यक्रमका बीच मौलापुर नगरपालिकाले किसानहरुलाई कृषि समाग्री समेत वितरण गरेको छ । माछा ब्यवसायीहरु तथा तीन बालि खेति गर्ने किसान एवं तरकारी खेती गर्ने किसानहरुलाई नगरपालिकाद्वारा निःशुल्क विभिन्न कृषि सामग्री बितरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑