• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज महानगरद्वारा जिल्लाका स्थानीय तहसंग छलफल प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न आह्वान

  • वीरगंज संजाल
  • Jul 25, 2023, 6:29 pm
  • ६४९

    वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्वर २४ र २८ मा रहेको प्राविधिक विद्यालयमा विद्यार्थी अभाव हुँदा संचालनमा कठीनाई आएको भन्दै विद्यार्थी पठाएर सहयोग गर्न महानगरले जिल्लाका सबै पालिका प्रमुखसँग आग्रह गरेको छ । महानगरपालिकाले मंगलबार पर्साका सबै पालिकाका प्रमुखसँग अन्तरकृया गर्दै प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिकाका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा आउने वातावरण बनाइदिन आह्वान गरेको हो । वीरगंज महानगरपालिकाकाे बैठक कक्षमा भएकाे छलफलमा महानगरका मेयर राजेशमान सिंहले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले सबै पालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गर्नु पर्नेमा जोड दिए ।

    वीरगंजकाे वडा नम्वर २४ रामगढवामा रहेको सारदा प्राविधिक मा.वि.मा कृषि र पशु विज्ञानको अध्ययन हुने गरेको छ भने वडा नम्वर २८ सोलकपुरमा पशु विज्ञानको अध्यापन हुने गरेको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, तीन वर्षे आइएससी (एजी) र भेटेनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा पठनपाठन हुँदै आएको छ । विद्यालयमा उक्त विषयको पठन पाठन निशुल्क हुने भए पनि पर्सा जिल्लाका विद्यार्थीको उपस्थिति ज्यादै न्यून रहेको सारदा मा.वि.का प्रधानाध्यापक विनोद मेहताले बताए । भएका विद्यार्थी पनि अन्य जिल्लाका रहेको उनले बताए । सबै विषय अध्ययनका लागि सिटिइभिटीले ४०/४० जनाको सिट संख्या तोकेको छ । तर तोकिएको सिट संख्या बमोजिम अहिले विद्यालयले विद्यार्थी पाउन सकेको छैन । ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले ठोरीमा पशु शिक्षाको अध्ययन भइरहेको भन्दै कृषि शिक्षा अध्ययनका लागि आफ्नो ठाउँबाट विद्यार्थी पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

    पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले देश कृषि प्रधान भनिएता पनि कृषिलाई पेशा र व्यवसाय बनाउन नसकिएको भन्दै अब स्थानीय सरकारले नीतिगत रुपमा नै लगानी गरेर कृषि क्षेत्र सुधार गर्नु पर्ने धारणा व्यक्त गरे ।कृषि उत्पादन बृद्धिका लागि कृषि प्राविधिक जनशक्तिको खाँचो रहेको भन्दै उनले वीरगंज महानगरपालिकाको विद्यालयमा अध्यापन हुँदै आएको कृषि विज्ञान र पशु विज्ञान अध्ययनका लागि आफूहरुले विद्यार्थी उपलब्ध गराउने बताए । बैठकमा पोखरीया नगरपालिकाका मेयर प्रधुम्न प्रसाद चौहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार, धोविनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, पकाहाँ मैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑