• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आर्थिक मन्दीको असर : वीरगंजका दुवै भन्सार कार्यालय राजश्व असुलीको लक्ष्य भेट्याउन असफल

  • वीरगंज संजाल
  • ३ श्रावण २०८०, बुधबार १९:०२
  • १५१७

    वीरगंज । मुलुकको कूल आयात निर्यातको झण्डै ७० प्रतिशत कारोबार हुने वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालय गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएका छन् । नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज नाकामा रहेका वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन गरेका छन् । विश्वव्यापी आर्थिक मन्दीका कारण वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्रै राजश्व संकलन गर्न सकेको भन्सार कार्यालयका कर्मचारी बताउछन् । गत आर्थिक वर्षमा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ६० अर्ब ९७ करोड २ लाख ८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशत मात्र अर्थात १ खर्ब ५७ अर्ब ८ करोड रुपैयाँ मात्र राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए ।

    वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने लक्ष्य भन्दा बढी नै राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा वीरगन्ज भन्सारले लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि नै अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैया बढि राजश्व संकलन गरेको थियो ।उक्त आर्थिक वर्षमाका लागि भन्सार विभागले २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैया राजश्व संकलन गरेको थियो । त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२÷०७३ देखि २०७७÷७८ सम्म) मा भने वीरगन्ज भन्सार राजश्व असुलीको लक्ष्य पुरा गर्न असफल नै भएको थियो ।

    त्यस्तै वीरगन्जमै रहेको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा लक्ष्यको ६२.८८ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ ।भन्सार विभागले गत आर्थिक वर्षमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर उक्त भन्सारले पनि लक्ष्यको ६२.८८ प्रतिशत मात्रै अर्थात ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए । सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष मा पनि लक्ष्य भन्दा करिब ५ प्रतिशत कम अर्थात लक्ष्यको ९४.९८ प्रतिशतमात्रै राजश्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा भन्सार विभागले ५२ अर्ब ४ करोड ९९ लाख ११ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह भन्सार कार्यालयले ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार रुपैयाँमात्रै राजश्व संकलन गरेको थियो ।

    वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्न नसक्नुको प्रमुख कारण विश्वव्यापी आर्थिक मन्दी भएको बताए । यसका साथै बढि राजश्व उठ्ने पेट्रोलियम पदार्थ , नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएका कारणलेपनि त्यसको असर राजश्व संकलनमा परेको पन्थीले बताए ।पन्थीले भने,‘ राजश्व असुलीको लक्ष्य पुरा गर्न नसक्नुको प्रमुख कारण त विश्वव्यापी आर्थिक मन्दीको असर नै हो , जसका कारण समग्र मालवस्तुको आयातमा ह्वात्तै कमी आयो, त्यससंगै बढि राजश्व उठ्ने इन्धन ,नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा पनि कमी भयो ।’सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले पनि विश्वव्यापी आर्थिक मन्दीको असर सुख्खा बन्दरगाह भन्सारको राजश्व असुलीमा पनि परेको बताए । यससगै केहि महिना विलाशीता वस्तुहरुको आयातमा प्रतिबन्ध लागेका कारणलेपनि त्यसको नकरात्मक असर राजश्व संकलनमा परेको उनले बताए । उनले भने,‘ आर्थिक मन्दीले बजार चलायनमान नहुदाँ मालवस्तूको आयातमा कमी आयो , यससंगै नेपाल सरकारले नै केहि महिना सम्म विदेशी मदिरा , नयाँ सवारीसाधन, इलेक्ट्रोनिक्स उपकरण लगायतका विलाशीताका वस्तुहरुको आयातमा प्रतिबन्ध नै लगायो , यी सबै कारणले भन्सारको राजश्व असुली प्रभावित हुन पुगेको हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑