• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साउनदेखि जोगवनी नाकाबाट भन्सार नतिरी एक रुपैयाँको सामान पनि ल्याउन नपाइने

  • वीरगंज संजाल
  • Jul 16, 2023, 6:43 pm
  • ७५३

    वीरगंज । सीमावर्ती जोगवनी बजारबाट उपभोग्य वस्तुका नाममा सर्वसाधारण र व्यापारीले भन्सार नतिरी दिनहुँ करोडौं मूल्यका सामान ल्याउँदा विराटनगर बजार सुनसान भएर व्यापारी पलायन हुन थालेको भन्दै विराटनगर महानगरपालिकाको पहलमा स्थानीय प्रशासनले साउन १ गतेदेखि नाकामा कडाइ गर्ने तयारी गरेको छ । महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् । सामूहिक ऐक्यबद्धता अनुसार साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बजारको प्रवर्द्धन गर्न, उपभोक्तालाई आफ्नै बजारमा सामान खरिद गर्ने बानी बसाल्न र राजश्व वृद्धिका लागि महानगरको आग्रहमा सबै सरोकारवाला निकायको संयूक्त प्रयासमा जोगवनी नाकामा कडाई गरेर तस्करी नियन्त्रणको रणनीति तय गरिएको यादवले बताए । यसअघि राजश्व चुहावट नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासन र भन्सारले सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाउने नियम बनाएका थिए । तर सरोकारवाला निकायको बेवास्ताले सामान्य उपभोक्ताको नाममा एक पटकमा १० हजार भन्दा बढीका सामान र तस्करले ट्रकमै व्यापारिक सामान भित्र्याएर राजश्व ठगी गर्दै आएको महानगरको दावी छ । सीमामा खटिएका सुरक्षा निकायले वास्ता नगर्दा तस्करले छिराएको तीन ठेला सामान प्रहरी चौकीअगाडि भन्सारका कर्मचमारीले नियन्त्रण लिने प्रयास गर्दा गत माघ अन्तिममा सीमा प्रहरी चौकीअगाडि तस्कर र भन्सार कर्मचारीबीच झडप भएको थियो ।

    झडपमा सुरक्षा निकायले साथ नदिएको भनी भन्सार कर्मचारीले आक्रोश पोख्दै विरोध जनाएपछि स्थानीय सुरक्षा निकायले उक्त घटना गुपचुप राख्दै सीमामा केही दिन कडाई गर्दै सशस्त्र प्रहरीको एक टुकडीलाई चोरी पैठारी नियन्त्रण गर्न परिचालन गरेको थियो । महानगरको पहलमा भएको सरोकारवाला निकायको सामूहिक छलफलले जोगवनी नाकामा कडाइ नगरे स्थानीय बजार नफस्टाउने र भन्सार राजश्व असुली पनि नबढ्ने सामूहिक निचोड निकाल्दै साउन १ देखि महानगरले गर्ने नाका कडाईमा ऐक्यबद्धता जनाएका हुन । दैनिक उपभोग्य वस्तुका नाममा जोगवनी बजारबाट दिनहुँ करोडौं मूल्यका लत्ता कपडा, खाद्यान्न, भाँडावर्तन, विद्युतीय सामग्री लगायतका व्यापारिक सामान भन्सार नतिरी भित्रिने गरेकाले विराटनगर बजार सुनसान भएर स्थानीय व्यवसायी पलायन हुने क्रम बढ्यो’ महानगर प्रमुख नागेश कोइरालाले भने ‘त्यसले राज्यको ठूलो परिमाणको राजश्व पनि गुम्दै आएको छ ।’ विराटनगर बजारलाई बचाउन र भन्सारको राजश्व असुलीमा वृद्धि गर्ने लक्ष्यले साउन १ देखि जोगवनी नाकामा कडाई गरी तस्करी नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासन र सरोकारवाला निकायलाई आहृवान गरिएको हो । ‘नाकामा जनपथ र सशस्त्र प्रहरीले लापरबाही गरे नगर प्रहरी नै परिचालन हुने छ’, कोइरालाले भने ‘विराटनगर बजारको व्यापारलाई जीवित राख्न र व्यवसायी पलायन हुनबाट रोक्न महानगर जस्तोसुकै कडाई गर्न पछि पर्ने छैन ।’ उनका अनुसार नाकामा सशस्त्र प्रहरीले छाडे जनपथ प्रहरीले जाँच गर्ने छ भने जनपथले छाडेको सामान शंका लागे नगर प्रहरीले जाँच गर्ने छ । विराटनगरका व्यापारीले पनि आफ्नो बानी सुधार्नु पर्ने शर्त राखिएको छ ।

    विराटनगरका एकथरि व्यापारी दिनरात जोगवनी बजारबाट राजश्व छली गरेर सामान भित्र्याउने गरेको कोइरालाको आरोप छ । तस्करीमा संलग्न व्यापारीले साथ नदिए नगर प्रहरीले त्यस्ता शंकास्पद व्यापारीको गोदाम र पसलमा छापा समेत मार्ने तयारी रहेको उनले बताए । जोगवनी बजारबाट उपभोक्ताका नाममा भित्रिने लत्ताकपडा, खाद्यान्न र व्यापारिक समान तथा खुलेआम हुने तस्करीलेव्यापार चौपट हुँदा दुई दर्जन बढी व्यवसायी पलायन हुनुका साथै पसल बन्द हुने क्रम बढेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । ‘विराटनगरको व्यापार बचाउन र व्यापारी पलायन रोक्न जोगवनी बजारबाट उपभोक्ताका नाममा भित्रिने सामानमा कडाई गर्न तथा तस्करी रोक्नुको विकल्प छैन,’ रिजालले भने ‘महानगरको यो अभियानमा संघको पूर्ण साथ र समर्थन रहने छ ।’ व्यापार संघको प्रारम्भिक अध्ययन अनुसार जोगवनी बजारबाट उपभोक्ताका नाममा र तस्करीका कारण दैनिक ५ करोड भन्दा बढीका व्यापारिक सामान भन्सार नतिरी भित्रिँदै आएको रिजालको अनुमान छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विराटनगरको बजारलाई गुल्जार बनाउन, औद्योगिक पहिचानलाई जीवित राख्न सरोकारवाला निकायको प्रयास प्रसंसनीय रहेको बताउँदै जोगवनी भन्सार क्षेत्र मात्र नभई जिल्लाको ६३ किलोमिटर खुला सिमानामा नै कडाई गरिनु पर्ने बताए । जोगवनी नाकाबाट औपचारिक आयात १६ प्रतिशतले घट्दा विराटनगर भन्सारले चालु वर्ष लक्ष्यको आधा माक्र राजश्व असुली गरेको छ । चालु वर्ष ६० अर्ब ३ करोड राजश्व असुली लक्ष्य राखेकोमा शुक्रबारसम्ममा ३३ अर्ब मात्र असुली भएको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑