• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिटरब्याज समस्या समाधान गर्नका लागि दलहरुले दोहोरो नीति लिँदा समस्या बल्झिँदै

  • वीरगंज संजाल
  • ३० असार २०८०, शनिबार ११:५२
  • १५१७

    वीरगंज । मिटरब्याज समस्या समाधान गर्नका लागि दलहरुले दोहोरो नीति लिँदा समस्या बल्झिँदै गएको छ । संसदबाट कानुन बनाउने विषयमा सत्ता र प्रतिपक्ष दुबैको गतिविधि नियाल्दा यो विषयलाई कुनैपनि दलले गम्भिर भएर नलिएको देखिन्छ । यो विषयले सबैभन्दा धेरै पोल्नुपर्ने मधेसवादी दलहरुलाई हो । तर, यहाँ ठीक उल्टो देखिन्छ । मधेसवादी दलहरु नै समस्या समाधानमा झन् उल्झन थपिरहेका छन् । सरकारले गत २० गतेको संसद बैठकमा पेश गर्ने तयारी गरेको मिटरब्याज सम्बन्धी विधेयक नेकपा एमाले लगाएत प्रतिपक्षी दलको अवरोधका कारण पेश हुन सकेन । अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित गरिसक्नुपर्ने अध्यादेश प्रतिस्थापन विधेयक सरकारले ६० औँ दिनमै पेश गर्ने तयारी गरेको थियो । तर, त्यसो भएन । यो २ विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुबैले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै बसे, पीडितको पीडा यथावत्नै रह्यो ।

    एमालेले संसद अवरोध हटायो, सरकारले मिटरव्याज सम्बन्धि विधेयक फेरी संसदमा पेश गर्ने तयारी गर्यो, तर अध्यादेशको ६० दिन पुरा भइसकेको हुँदा कानुनबमोजिम निस्क्रिय हुने तथा प्रतिस्थापन विधेयक समेत निस्क्रिय हुने रटान एमालेले लगायो । एमालेले प्रतिस्थापन विधेयक समेत निस्क्रिय हुने रटान लगाइरहँदा कानूनका जानकारको तर्क यस्तो छ । हुनत, एमालेले विरोध गरेको भन्ने भाष्य सिर्जना गरेर सरकारले सो विधेयक संसदमा अगाडी बढाउनै चाहेन भन्ने आरोप पनि पेचिलो नै छ । आफुले संसद संचालन गर्न दिँदासमेत सरकारले विधेयक नल्याएको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमै विरोध जनाएका छन् । यहाँ सरकारलाई विधेयक ल्याउन कानुनी झमेला वा प्रतिपक्षको समस्या होइन, सत्तापक्षकै केहि दलले यो विधेयक संसदमा पेश होस भन्ने चाहेका छैनन् ।

    संसदबाट विधेयक पारीत गराउन निर्णायक हुने जनता समाजवादी पार्टीले यो विधेयकलाई रुचाएको छैन । सरकारले यो विधेयक संसदमा पेश गरे विपक्षमा मतदान गर्ने धम्की जसपाले दिएपछि सरकार पछि हटेको हो । यी सम्पूर्ण गतिविधि नियाल्दा मीटरब्याजमा न त सरकार पक्षको नियत सफा छ, न त प्रतिपक्षी दलको । सार्वजनिक खपतका लागि पीडितको समस्या समाधान गर्ने अभिव्यक्ती सबैले दिएका छन् । तर संसदमा कसैले कानुनी पाटोको आड लिएर, कसैले प्रक्रियागत त्रुटी देखाएर त कसैले सरकारलाई असहयोग गर्ने रणनीति बनाएर यसलाई रोकिरहेका छन् । तराई मधेशको आवाज बोल्नुपर्ने मधेसवादी दलहरु विधेयकमै दोष देखाएर अवरोध गरिरहेका छन् ।दलहरुले आफ्नो स्वार्थको लडार्इँलाई जारी राखे । जसको मारमा वास्तविक पीडितहरु छन् । यसरी जनताको दुःख माथि राजनीतिक रोटी सेकाइ रहने कहिलेसम्म ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑