वीरगंज । रामनिवास कुमार पटेल । वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र जिल्ला मै राख्न माग राख्दै विद्यार्थी संगठन आन्दोलित बनेका छन ।
जिल्ला बाहिर परिक्षा केन्द्र गएपछि विद्यार्थीहरु विभिन्न समस्या भोग्ने गरेकाले जिल्ला मै परिक्षा केन्द्र राख्न माग गर्दै आन्दोलित बनेका हुन । मंगलबार ५ वटा विद्यार्थी संगठन सामुहिक रुपमा आठ बुंदे माग राख्दै प्रेस विज्ञप्ती जारी गरेका छन ।
सोमवार सिमराबाट स्नातक तेस्रो वर्षको परीक्षा दिएर फर्किने क्रममा एक जना विद्यार्थीको दुर्घटनामा ज्यान गएको हुँदा आफ्नै जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने उनीहरुको भनाई छ ।