वीरगंज । सेवा नेपाल समूह नेपाल नामक सामाजिक संस्थाले सिटिजन्स पब्लिक स्कूलसँगको सहकार्यमा वीरगञ्ज – २६ मा वृक्षारोपण गरेको छ । हरित वीरगञ्ज बनाउने उद्देश्यका साथ संस्थाले वीरगञ्ज – २६ का विभिन्न स्थानमा भिन्न प्रकारका बोटबिरुवाहरू रोपेर वृक्षारोपण गरेको हो ।
संस्थाका अध्यक्ष अङ्केत पूरीको सभापतित्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायव निरीक्षक (सई) हनुमान राउत, वडा अध्यक्ष शम्भु तिवारी, इलाका प्रहरी कार्यालय सुगौली बिर्ताका प्रमुख प्रमोद कुमार लगायतले पनि सहभागिता जनाएका थिए ।
त्यस्तै कार्यक्रममा सिटिजन्स स्कूलका निर्देशक प्रमोद साह, शिक्षक अमिर राय, रिना पटेल, सेवा नेपाल समूहको तर्फबाट कोषाध्यक्ष आरती साह, सचिव त्रिभुवन साह, स्थानीय खुरम आलम, प्रद्युमन कुमार, ग्यासोदीन मियाँ, रामबाबु कुमार लगायतको उपस्थिति थियो । संस्थाले आगामी दिनमा पनि वृक्षारोपण लगायत अन्य सामाजिक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको अध्यक्ष अङ्केत पूरीले जानकारी दिए ।