

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यू भएको छ ।
आईतबार साँझ महिलाको शंकास्पद मृत्यू भएको छ । कपिलेश्वर निवासी दास थरको एक व्यक्तिको घरमा महिलाको शंकास्पद मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



प्रहरीका अनुसार, आईतबार साँझ नै घटना भएकोमा रातीदेखि प्रहरी घटनास्थललाई संरक्षण गरेको हो । माईत पक्षले हत्या गरिएको भन्दै झमेला गरेपछि मुचुल्का हुन नपाएको बताईएको छ ।
रातभरि माईत पक्षले अवस्था तनाव बनाएपछि सोमबार बिहानदेखि प्रहरीले मुचुल्का सुरु गरेको जनाएको छ । मुचुल्कापछि घटनाको प्रकृतिको बारेमा मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।


