• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विदेशमा छोराछोरी, विभाजित नेपाली समाज

  • वीरगंज संजाल
  • Aug 23, 2026, 11:59 am
  • ०

    वीरगंज  |  जानुका भर्खरै महिला समूहको कार्यक्रमबाट घर फर्किइन्।

    उनी सरासर आफ्नो कोठामा गइन्, अरूबेला जस्तो बाहिर गएर घर आउँदा उनी आफ्नो छोरा अथवा श्रीमानलाई एक कप चियाको आग्रह गर्थिन्। तर आज न त उनलाई चिया खान मन लागेको छ, न त कसैसँग बोल्न।

    महिला समूह भएको दिन जानुका घरमा आउन ढिलो हुने भएको साँझको खानाको जिम्मा बुवा, छोराले लिने गरेका थिए।

    खाने बेलामा तीन जना बसेर खान थाले, जानुकाको अनुहार अलि मलिन थियो।

    यतिकैमा छोराले सोध्यो, ‘आमा के भयो, सन्चो भएन कि के हो?’

    उनले रूखो स्वरमा भनिन्, ‘जे भए पनि के भयो र, अरूका छोराछोरीले कति प्रगति गरिसके, आफ्नो भने के भनूँ र?

    आमाको कुरा सुनेर छोरा सुनिल छक्क पर्‍यो। त्यस बेला केही भनेन र खाने काम सकिएपछि, ऊ आफ्नो आमा र बुवासँग बसेर कुरा गर्न थाल्यो।

    आमा, आज कसैले केही भन्यो र तपाईंलाई?

     

    जानुकाले सबै कुरा खोलिन्।

    ‘म हरेक समूहको भेलामा जाँदा, छरछिमेकको, टोलको नातागोता, साथीभाइको कार्यक्रममा जाँदा आफूलाई एकदमै सानो महसुस गर्छु। मेरा वरपरका सबै जना आफ्नो छोरा, छोरी विदेशमा रहेको सुनाउँछन्। कतिपयले औंलामा देखाउँदै हिसाब पार्छन्। यति, उति कमाउँछन् भन्दै, विदेश घुम्न गएको सुनाउँछन्। विदेशी सरसामानहरूको बयान गर्दै सो मात्र प्रयोग गर्ने बताउँछन्। कसैले भन्छन् तिम्रो छोरा त विदेश गएन है, अब के विदेश देख्छौ त तिमीले? के विदेश जानु नै सबैथोक हो?

    सबै कुरा सुनेर सुनिलले भन्छन्, ‘आमा मैले तपाईंको सबै कुरा बुझेँ तर तपाईं किन यस्ता कुराको पछि लाग्नुभएको?

    जानुका भन्छिन्, ‘के गर्ने छोरा, समाज नै यस्तो भइसक्यो। समाजको चरित्रले नै हामीलाई भित्रभित्र पोल्छ।’

    जानुका त एउटा पात्र मात्र हुन्। यस्ता अरू कति होलान्, हामो समाजमा। विदेश जानु/नजानु त्यो आफ्नो व्यक्तिगत कुरा हो। आफ्नो छोराछोरी विदेशमा हुने अनि आफू समाजमा बसेर नेपालमा केही हुँदैन, यहाँ विकास नै भएन भन्न लाज लाग्नु पर्ने हो। पढ्न र सिक्न विदेश जानु राम्रो कुरा हो, तर एकपल्ट सोच्नुहोस् तपाईंको छोराछोरीले विदेशमा पहिले नै बनेको देश वा समाजमा के गर्दै छन् त्यस्तो, जसका लागि गर्व गर्दै हुनुहुन्छ?

    यदि विदेशिनु आफ्नो निजी कुरा भए, यहाँ त्यही कुरालाई लिएर समाजमा विभाजन गर्न खोज्नु मूर्खता हो। विदेश घुमेर आउनु भएको छ भने, आफूले सिकेका, देखेका राम्रा कुरा गर्नुस् र अरूलाई सिकाउनुभन्दा पहिले आफूले सिक्नुहोस्।

    विदेशिनुले मात्र समाजमा आफ्नो ओहोदा तोक्न मिल्दैन। अचेल हाम्रो समाजमा विदेशबाट आएकाहरूले नेपाली संस्कृतिमाथि भद्दा मजाक गरेको जस्तो देखिन्छ। विवाह, व्रतबन्ध, गुन्यो चोली लगायतका कार्यक्रममा देखावटी मनस्थिति राखेर समाजमा आफ्नो स्तर राख्न खोज्ने, के यो हाम्रो संस्कृतिको संरक्षण हो कि पतन?

    विदेशिनु कतिपयको बाध्यता पनि होला। यस्ता कतिपय विदेशिएका दाजुभाइ, दिदी बहिनीको दुःखले हामीलाई रूवाउँछ। त्यस बारेमा सोच्दा हामी आफूलाई विवश पाउँछौ, बाध्यता र जरूरत अगाडि छ।

    यो बाहेकका अरूलाई किन हामी भन्न सक्दैनौं, तिम्रो छोरा छोरी, अथवा तिमी स्वंय नै, विदेश गयौं त के भयो,के तिमी त्यो देशको नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न छौ?, तिमीले अरू देशका नागरिकझैं  त्यहाँ पनि आफूले काम नै गरेर खाएका होलाऔ नि? के तिमीलाई त्यो देशले आफ्नो नागरिक सरह हेर्छ, प्रमाणपत्र र कागजात बाहेक के तिमी त्यो देशको हुन सकेका छौ?

    सामाजिक सञ्जालमा ‘आइ लभ नेपाल, आइ मिस माइ कन्ट्री’ लेख्नेले समाजमा दुई धारको कुरा नगर, पढाइ सकेर, सीप सिकेर आउनेलाई सबैको साथ छ, गाह्रो छ तर कोसिस गरौं, होइन भने यहाँ भएको नराम्रो कुरालाई मात्र उचालेर आफ्नो सन्तुष्टिको कारण नबनाऔं।

    यो गर्दै जाँदा मानौं लाग्छ कतिपय त एउटा ‘पहिचानको खडेरी, आइडेन्टिटी क्राइसिस’ मा बाचिरहेका छन्। विदेशमा बस्नु, नबस्नु आफ्नो इच्छा तर त्यसको आधारमा नेपालसँग तुलना गर्दै अविश्वास नफैलाऔं।

    परिवर्तन संसारको नियम हो, यो हुनु पनि पर्छ तर यदि परिवर्तनको जग सटिक छैन भने हामीले एकपल्ट विचार गर्नै पर्छ। हामी सामाजिक प्राणी हौं, यो समाज हामीले नै निर्माण गर्ने हो। यसका राम्रा र नराम्रा बाछिटाहरूले हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा फरक पार्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
  • पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी
  • जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…
  • वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङले छलफल गर्ने https://britantnews.com/2026/08/22/49142/home-minister-gurung-to-hold-discussions-with-the-parents-of-three-year-old-garima-chaudhary/

    विदेशमा छोराछोरी, विभाजित नेपाली समाज

    नेपालसहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्प प्रशासनको निर्णयलाई रोक्यो अदालतले

    ‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’

    छोरीलाई शौच गराउन गाडीबाट झरेकी थिइन् आमा, अर्को गाडीले ठक्कर दिँदा दुवैको मृत्यु

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    News

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    News

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    News

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    News

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑