
वीरगंज | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ राजनीतिक यात्रामा अघि बढिरहेका डा. धवल शमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । भेटघाटको क्रममा समसामयिक विषयमा कुराकानी भएको जबराले बताए ।
अनलाइनखबरसँगको कुराकानीमा जबराले दिएको जानकारी अनुसार ज्ञानेन्द्र शाहसँग लामो समयको अन्तरालपछि भएको भेटमा देशको वर्तमान अवस्था, राजनीतिक गतिविधि लगायतका विषयमा ‘लामो कुराकानी’ भएको थियो ।
त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई समेटेर अगाडि बढ्न आफूलाई शुभकामना दिएको जबराले बताए ।
ज्ञानेन्द्र शाहसँगको भेटपछि उत्साहित देखिएका जबराले देशभर संगठन विस्तार गर्ने र आगामी स्थानीय तह निर्वाचनमा भाग लिने बताए ।
