• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

  • वीरगंज संजाल
  • Aug 9, 2026, 7:19 pm
  • ०

     वीरगन्ज । लालबाबु सिंह। लायन्स क्लब इन्टरनेशनल जोन ३७ ले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। आइतबार लायन्स क्लब अफ वीरगन्ज पिन्क सिटीको नेतृत्वमा क्लबका पदाधिकारी तथा सदस्यहरूले वीरगन्ज कपडा बैंकको कार्यालयमा पुगेर ४ बोरा र ८ झोला कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन्।

    लायन्स क्लब अफ वीरगन्ज पिन्क सिटीकी उपाध्यक्ष कुसुम बरनवालको नेतृत्वमा भएको कार्यक्रममा जोन चेयरपर्सन पिन्की साह, वीरगन्ज प्रभुकी प्रेसिडेन्ट सरिता सिंह, डिष्ट्रिक्ट क्याबिनेट अफिसर दिगम्बर गुप्ता, वीरगन्ज कुटुम्बकी डिष्ट्रिक्ट क्याबिनेट अफिसर सञ्चिता प्याकुरेल, पिन्क सिटीकी सचिव ब्युटी जैसवाल, कोषाध्यक्ष रुपशिला जैसवाल, वीरगन्ज प्रभुका सदस्यहरू बिन्दिया प्रधान र प्रतिमा झा लगायतको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै पिन्क सिटीकी उपाध्यक्ष कुसुम बरनवालले लायन्स क्लबले ‘हामी सेवा गर्छौं’ भन्ने भावनाका साथ विभिन्न समयमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले दिनदुःखी तथा असहाय व्यक्तिहरूको सेवाका लागि वीरगन्ज कपडा बैंकमार्फत कपडा सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यस्तै, जोन चेयरपर्सन पिन्की साहले वीरगन्ज कपडा बैंकले विगत केही वर्षदेखि दिनदुःखी तथा असहायका साथै आगलागी र बाढीपीडितको घरदैलोमै पुगेर निःस्वार्थ सेवा गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। बैंकको सेवाभावबाट प्रभावित भएर आफ्नो संस्थाले सहयोगको हातेमालो गरेको बताउँदै आगामी दिनमा पनि लायन्स क्लबको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

    कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूल उद्देश्यका साथ बैंकले सेवा गर्दै आएको बताउनुभयो। उहाँले, “तपाईंसँग धेरै छ भने हामीलाई दिएर जानुस्, तपाईंसँग छैन वा आवश्यकता छ भने हामीसँग निःशुल्क लिएर जानुस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै बैंकले सेवा गरिरहेको जानकारी दिनुभयो।

    अध्यक्ष सिंहका अनुसार वीरगन्ज महानगरपालिका–८ मा कार्यालय स्थापना गरी विगत ६ वर्षदेखि बैंकले पर्सा र बाराका विभिन्न स्थानमा कपडा वितरण तथा सहयोग गर्दै आएको छ। नयाँ कपडा नभए पनि सफा र प्रयोग गर्न योग्य कपडा तथा जाडोमा न्यानो कपडा आवश्यक पर्ने व्यक्तिहरूसम्म पुर्‍याउने उद्देश्यले बैंकले निरन्तर सेवा दिँदै आएको उहाँले बताउनुभयो।

    लायन्स क्लबले समाज तथा देशको हितका लागि सेवा, सहयोग र सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष सिंहले वीरगन्ज कपडा बैंकको सेवामा हातेमालो गर्दै कपडा सहयोग गरेकोमा लायन्स क्लब इन्टरनेशनल जोन ३७ का पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा वीरगन्ज कपडा बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी, कार्यालय सहयोगी मिथलेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑